यी हुन् सबैभन्दा धेरै उपाधि जितेका फुटबल कोचहरू

म्यानचेस्टर सिटीले टोटनह्यामलाई १-० पराजित गर्दै कारबाओ कप जितेको छ। उक्त ट्रफी जिते पछि सिटीका कोच पेप गार्डियोलाले आफ्नो नाममा ३०औँ उपाधि पुरा गरेका छन्।

५० वर्षका कोच हाल सबैभन्दा धेरै उपाधि जित्ने कोचहरूको सुचीको तेस्रो स्थानमा पुग्न सफल भएका छन्। २०१६मा सिटीमा आए पछि यो उनको नवौँ ट्रफी रहेको छ।

हाल बेलायती खेल वेबसाइट गिभमिसपोर्टले सबैभन्दा धेरै उपाधि जितेका फुटबल कोचहरूको सुची तयार गरेको छ। उक्त सुचीको शीर्ष स्थानमा पूर्व म्यानचेस्टर युनाइटेड कोच सर एलेक्स फर्गुसन रहेका छन्। उनले आफ्नो क्यारियरमा ४८ उपाधिहरू जितेका छन्।

सबैभन्दा धेरै उपाधि जितेका फुटबल कोचहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

8. Jose Mourinho (25 trophies)

7. Ottmar Hitzfeld (25 trophies)

6. Luiz Felipe Scolari (26 trophies)

5. Jock Stein (26 trophies)

4. Valeriy Lobanovskyi (29 trophies)

3. Pep Guardiola (30 trophies)

2. Mircea Lucescu (34 trophies)

1. Sir Alex Ferguson (48 trophies)