यी हुन् सन् २००० देखि हाल सम्म सबैभन्दा धेरै खर्च गरेका फुटबल प्रबन्धक

हाल फुटबलमा ठुलो क्लबहरू खेलाडी साइन धेरै खर्च गर्ने गर्छन्। हालै मात्र प्रिमियर लिग क्लब म्यान सिटीले ज्याक ग्रेलिस साइन गर्दै ट्रान्सफर रेकर्ड तोडेको छ भने फेरी पनि ह्यारी केन साइन गर्ने सिटीको योजना रहेको छ र सिटीका कोच पेप गार्डियोलाले धेरै सिटीमा धेरै खर्च गरेका छन्।

ट्रान्सफर विन्डोमा क्लबले खेलाडी साइन गर्न प्रबन्धकको पनि ठुलो भूमिका हुन्छ र पेप गार्डियोलाले धेरै खर्च गर्ने गरेको भनेर चर्चा हुने गरेको बेला प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफर मार्केटले सन् २००० देखि अहिले सम्म सबैभन्दा धेरै खर्च गरेका फुटबल प्रबन्धकहरूको सुची तयार गरेको छ।

Credit: transfermarkt

उक्त सुचीमा पूर्व टोटेनह्याम र म्यान्चेस्टर युनाइटेड कोच जोसे मोरिन्हो शीर्ष स्थान स्थानमा रहेका छन्। हाल रोमाका कोचको रुपमा रहेका मोरिन्होले सन् २००० देखि अहिले सम्म खेलाडी ट्रान्सफरमा €१.७६ बिलियन खर्च गरेको जानकारी छ।

दोस्रो स्थानमा भने सिटीका कोच पेप गार्डियोला रहेका छन्। उनले २००० देखि हाल सम्म €१.५९ बिलियन खर्च गरेका छन्।