यी हुन् युरो २०२०को सबैभन्दा उत्कृष्ट फोवार्डहरू 

हाल युरो २०२०को अन्त्य भएको छ भने उक्त उपाधि जित्न इटाली सफल भएको छ। युरो २०२०मा निकै अप्रत्याशित कुराहरू भयो भने अन्त्यमा इटाली युरोपियन च्याम्पियन बन्न सफल भयो।

हाल प्रतियोगिताको अन्त्य भए पछि पनि प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीहरूको ’bout चर्चा हुँदै गरेको छ भने प्रसिद्ध खेल वेबसाइट ‘हु स्कोर’ ले युरो २०२०को सबैभन्दा उत्कृष्ट फोवार्डहरूको सुची तयार गरेको छ।

युरो २०२०मा खेलाडीहरूको प्रदर्शनको आधारमा ‘हु स्कोर’ले खेलाडीहरूलाई रेटिंग साथ श्रेणीकरण गरेको छ भने उक्त सुचीको शीर्ष स्थानमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका छन्। युरो २०२०मा उनले गोल्डेन बुट जिते भने उनी युरो इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने।

दोस्रो स्थानमा भने पोल्यान्डका रोबर्ट लेवान्डोस्की पर्न सफल भएको छ। ७५८ रेटिंगको साथ लेवान्डोस्की युरो २०२०को सबैभन्दा उत्कृष्ट फोवार्डहरूको सुचीको दोस्रो स्थानमा रहेका छन्।

युरो २०२०को सबैभन्दा उत्कृष्ट फोवार्डहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Lorenzo Insigne (WhoScored rating – 7.19)

9. Harry Kane (WhoScored rating – 7.26)

8. Raheem Sterling (WhoScored rating – 7.28)

7. Romelu Lukaku (WhoScored rating – 7.39)

6. Memphis Depay (WhoScored rating – 7.40)

5. Karim Benzema (WhoScored rating – 7.42)

4. Ivan Perisic (WhoScored rating – 7.44)

3. Patrik Schick (WhoScored rating – 7.55)

2. Robert Lewandowski (WhoScored rating – 7.58)

1. Cristiano Ronaldo (WhoScored rating – 7.92)