यी हुन् युरोपमा यो सिजन सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै गरेका ३० फुटबल खेलाडीहरू

प्रसिद्ध बेलायती खेल वेबसाइट ‘स्काई स्पोर्ट्स’ले हाल युरोपमा यो सिजन सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै गरेका ३० फुटबल खेलाडीहरूको ‘पावर रैंकिंग’ तयार गरेको छ। यो सिजन खेलाडीहरूको प्रदर्शन र तथ्या्कको आधारमा स्काई स्पोर्ट्सले खेलाडीहरूलाई अंकको साथ श्रेणीकरण गरेको छ र उक्त सुचीको अनुसार करीम बेन्जेमा हाल युरोपको सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी रहेका छन्।

हालको सिजनमा बेन्जेमा रियल म्याड्रिडको धेरै महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका छन् र उनी रियलको गोलको मुख्य श्रोत बन्दै छन् जसको कारण हाल उनलाई स्काई स्पोर्ट्सले आफ्नो सुचीको शीर्ष स्थानमा राखेको जानकारी छ।

दोस्रो स्थानमा भने लिभरपुलका स्टार मोहम्मद सलहा रहेका छन्। रेड्सको लागि उनको गोल उत्कृष्ट स्कोरिंग दौड जारी छ भने उनी लिभरपुलको एक महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका छन् र युरोपको ३० सबैभन्दा उत्कृष्ट फुटबल खेलाडीहरूको सुचीमा उनी तेस्रो स्थानमा रहेका छन्।

स्काई स्पोर्ट्सले तयार गरेको सो सुचीमा भने धेरै स्टार खेलाडीहरू शीर्ष ३० भित्र पर्न सकेका छैनन् फुटबलका दुई सुपरस्टार रोनाल्डो र मेस्सी शीर्ष १०० पनि नपर्नु भने अनौठो र केही विवादास्पद बनेको छ भने बायर्नका स्टार स्ट्राइकर लेवान्डोस्की ४३औँ स्थानमा रहेका छन्।

युरोपमा यो सिजन सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै गरेका ३०  फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस् :-

30. Andros Townsend (Everton) – 14,326 points

29. Lorenzo Pellegrini (AS Roma) – 14,336 points

28. Kalidou Koulibaly (Napoli) – 14,407 points

27. Andrei Girotto (Nantes) – 14,512 points

26. Inigo Martinez (Athletic Bilbao) – 14,665 points

25. Fabian Ruiz (Napoli) – 15,077 points

24. Jonathan Clauss (Lens) – 15,087 points

23. Christopher Nkunku (RB Leipzig) – 15,105 points

22. Gaetan Laborde (Rennes) – 15,209 points

21. Jimmy Cabot (Angers) – 15,553 points

20. Ander Herrera (Paris Saint-Germain) – 15,609 points

19. Idrissa Gana Gueye (Paris Saint-Germain) – 15,758 points

18. Moussa Diaby (Bayer Leverkusen) – 15,761 points

17. Matias Dituro (Celta Vigo) – 15,808 points

16. Michail Antonio (West Ham) – 15,846 points

15. Amine Gouiri (Nice) – 15,889 points

14. Bruno Fernandes (Manchester United) – 15,978 points

13. Lucas Paqueta (Lyon) – 15,987 points

12. Vinicius Junior (Real Madrid) – 16,232 points

11. Andy Delort (Nice) – 16,318 points

10. Dimitri Payet (Marseille) – 16,335 points

9. Florian Wirtz (Bayer Leverkusen) – 16,630 points

8. Teji Savanier (Montpellier) – 16,664 points

7. Achraf Hakimi (Paris Saint-Germain) – 16,801 points

6. Mikel Oyarzabal (Real Sociedad) – 17,193 points

5. Edin Dzeko (Inter Milan) – 17,323 points

4. Kylian Mbappe (Paris Saint-Germain) – 18,781 points

3. Erling Braut Haaland (Borussia Dortmund) – 19,164 points

2. Mohamed Salah (Liverpool) – 20,640 points

1. Karim Benzema (Real Madrid) – 22,881 points