यी हुन्, युरोपका उत्कृष्ट ५ लिगका सर्वाधिक गोल कर्ताहरु

वर्षमा ९ महिना चल्ने राष्ट्रिय फुटबल लिगहरु मध्ये सर्वाधिक लोकप्रिय इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरिया ए, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वान् को बाह्राैँ, तेह्राैँ र चाैधाैँ हप्ताका खेलहरु सम्पन्न भइसकेका छन् । इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरिया ए को तेह्राैं हप्ता सकिएको छ भने, बुन्डेस लिगाको बाहाैं हप्ता मात्र सकिएको छ । त्यस्तै, फ्रेन्च लिग वान् को चाैधाैँ हप्ताका खेलहरु सकिएका छन् ।

उपाधि उचाल्ने दाैडमा होमिएका क्लबहरुका होनहार खेलाडीहरुले व्यक्तिगत रुपमा प्रत्येक लिगमा सर्वाधिक गोल कसले गरेका छन् र गोलसंख्या कति रहेको छ भन्ने विषयमा नेपाली पब्लिकले तयार पारेको रिपोर्ट ।

इंग्लिस प्रिमियर लिगः सर्जियो अग्वेरो र पेरि एम्रिक अबामियाङ – गोल संख्याः ८

स्पेनिस ला लिगाः क्रिस्टियन स्टुअानी – गोल संख्याः १०

इटालियन सिरिया एः कर्जाएसज्टोफ पियाटेक – गोल संख्याः १०

जर्मन बुन्डेस लिगाः पाको अल्कासर – गोल संख्याः ९

फ्रेन्च लिग वान्ः किलियान एम्बाप्पे – गोल संख्याः ११