यी हुन् बिभिन्न लिगहरुमा खेल्दै २०० भन्दा बढी गोल गरेका खेलाडीहरु

पेरिसको सेन्ट-जर्मेनका पूर्व स्टार जाल्टन इब्राहिमोभिच र एडिनसन कावानी दुई फरक लिगमा १०० भन्दा बढी गोल गर्ने खेलाडी मध्ये हुन्।

२१औं शताब्दीमा धेरै स्टार खेलाडीहरुले आफ्नो क्लबका लागि १०० भन्दा बढी गोल गरेका छन् तर मात्र केहि खेलाडीले एक भन्दा बढी लिगहरुमा आफ्नो प्रतिभा देखाउन सफल भएका छन् र एक रेडिट प्रयोगकर्ताले डाटा संकलित गर्दै बिभिन्न लिगहरुमा खेल्दै २०० गोल गरेका खेलाडीहरुको सुची तयार गरेका छन्। उनले सो सुचीको लागि च्याम्पियन्स लिग गोल भने समावेस गरेका छैनन् भने लिग गोलको आधारमा उनले सो सुची तयार गरेका छन्।

इब्राहिमोभिचले इटालीको सेरी ए र फ्रान्सको लिग १ दुबैमा १०० गोल गरेका छन्। यस गर्मीमा पिएसजी छोडे पछि कवानी अहिले फ्री एजेन्ट छन्। उनले फ्रान्सेली क्लबसँग सात बर्षको अवधिमा १३८ लीग गोल गरेका छन्।

२१औं शताब्दीमा बिभिन्न लिगहरुमा खेल्दै २०० गोल गरेका खेलाडीहरु पूर्ण सुची तल हेर्नुहोस :-

Cristiano Ronaldo: La Liga (311), Premier League (84) & Serie A (55)

Zlatan Ibrahimovic: Serie A (134) & Ligue 1 (113)

Edinson Cavani: Ligue 1 (138) & Serie A (112)

Gonzalo Higuain: Serie A (125) & La Liga (107)

Andre-Pierre Gignac: Liga MX (120) & Ligue 1 (103)

Luis Suarez: La Liga (146), Eredivisie (91) & Premier League (69)

Fernando Torres: La Liga (103) & Premier League (85)

Andriy Shevchenko: Serie A (127) & Ukrainian Premier League (83)

Robbie Keane: Premier League (125) & MLS (83)

Klaas-Jan Huntelaar: Eredivisie (148) & Bundesliga (82)

Roy Makaay: La Liga (100), Bundesliga (78) & Eredivisie (78)

David Villa: La Liga (185) & MLS (77)

Sergio Aguero: Premier League (180) & La Liga (74)