Leo Messi of FC Barcelona celebrates after scoring a goal during the match of La Liga between Real Madrid and Futbol Club Barcelona at Santiago Bernabeu Stadium in Madrid, Spain. April 23, 2017. (ALTERPHOTOS) *** Please Use Credit from Credit Field ***
एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका स्पेनिश खेलाडी अन्सु फाती बार्सिलोनाका नयाँ नम्बर १० हुने भएका छन्। रिपोर्टका अनुसार मेस्सीले क्लब छाडे पछि रिक्त भएको उक्त नम्बरको जर्सी फातीले लगाउने भएका छन्।
१८ वर्षका स्पेनिश खेलाडी फाती बार्सिलोनाको एकेडेमी ला मासियाकै उत्पदन हुन्। उनले बार्सिलोनाका लागि ४१ खेलमा १३ गोल गरिसकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि ४ खेलमा एक गोल गरिसकेका छन्।
३४ वर्षका अर्जिन्टिनियन स्टार खेलाडी लियोनल मेस्सी हालै फ्री ट्रान्सफरमा स्पेनिश क्लब बार्सिलोनाबाट पि.एस.जिमा अनुबन्धित भएका हुन्। यस अघि बार्सिलोनाको नम्बर १० जर्सीमा मेस्सी खेल्ने गर्दथे। बार्सिलोनाको नम्बर १० जर्सी डिएगो म्याराडोना, रोनाल्डिनियो र रोमारियो जस्ता खेलाडीहरुले लगाउने गर्दथे।