यी हुन् बलोन डि’ओरमा सबैभन्दा धेरै मनोनीत भएका खेलाडीहरु

यस वर्ष बलोन डि’ओर पुरस्कार समारोह रद्द भएको थियो र इतिहासमा यो पहिलो पटक हो। रोबर्ट लिवान्डोस्कीले यो वर्ष सो अवार्ड जित्नु पर्ने धेरैको विश्वास रहे पनि उनि यो वर्ष बलोन डि’ओर जित्न असफल भए।

बलोन डि’ओर फुटबलमा एक ठुलो व्यक्तिगत अवार्ड हो र यसमा मनोनीत हुन पनि धेरै गर्वको कुरा हुने गर्छ। हाल नेपम्याग स्पोर्ट्सले बलोन डि’ओरमा सबैभन्दा धेरै मनोनीत भएका खेलाडीहरुको सुची तयार गरेको छ।

हाल सम्म सबैभन्दा धेरै मनोनीत हुने खेलाडीहरुको सुचीमा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन्।  उनि १५ पटक बलोन डि’ओरमा मनोनीत भएका छन्। दोस्रो स्थानमा भने बार्साका स्टार मेस्सी रहेका छन्। उनि भने १४ पटक मनोनीत भएका छन्।

बलोन डि’ओरमा सबैभन्दा धेरै मनोनीत भएका खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस:-

Wayne Rooney – (8 nominations)

Didier Drogba – (8 nominations)

Neymar – (8 nominations)

Iker Casillas (8 nominations)

Thierry Henry (9 nominations)

Karim Benzema (9 nominations)

Samuel Eto’o (9 nominations)

Zlatan Ibrahimovic (10 nominations)

Gianluigi Buffon (10 nominations)

Lionel Messi (14 nominations)

Cristiano Ronaldo (15 nominations)