यी हुन् फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीहरु

च्याम्पियन्स लिगमा युभेन्टस बिरुद्ध गोल गरे पछि मेस्सी फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने चौथो खेलाडी बनेका छन्। ६ पटकका बलोन डि’ओर विजेताले बार्साको च्याम्पियन्स लिगको जितमा प्रमुख भूमिका खेलेका थिए। सो खेलमा उनले डेम्बेलेलाई एक असिस्ट र एक पेनाल्टी गोल गरे।

यद्यपि फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीको सुचीमा युभेन्टसका स्टार रोनाल्डो मेस्सी भन्दा अघि छन्। ७२१ गोलको साथ उक्त सुचीमा मेस्सी चौथो स्थानमा छन् भने रोनाल्डो ७४२ गोलको साथ दोस्रो स्थानमा छन्।

पहिलो स्थानमा भने फुटबल लेजेण्ड पेले रहेका छन् उनको आधिकारिक गोल ७६७ रहेको छ।

फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस :-

13. Alfredo Di Stefano – 516 goals

12. Zico – 525 goals

11. Zlatan Ibrahimovic – 552 goals

10. Arthur Friedenreich – 554 goals

9. Ferenc Deak – 558 goals

8. Eusebio – 615 goals

7. Josef Bican – 636 goals

6. Ferenc Puskas – 706 goals

5. Gerd Muller – 720 goals

4. Lionel Messi – 721 goals

3. Romario – 734 goals

2. Cristiano Ronaldo – 742 goals

1. Pele – 767 goals