यी हुन् फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने डिफेन्डरहरु

डिफेन्डरको भूमिका फुटबलमा निकै महत्त्वपूर्ण रहेको छ र डिफेन्डरको मुख्य काम आफ्नो टिमले गोल खानबाट बचाउनु हो तर धेरै डिफेन्डरहरु छन् जसले आफ्नो टिमको लागि गोल गरेर पनि मदत गर्ने गर्छन।

र हालै ब्रिटिश खेल वेबसाइट तल्कस्पोर्ट्ले फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने १० डिफेन्डरहरुको नाम प्रकाशित गरेको छ।

सर्जियो रामोसले दुई रेकर्ड ब्रेकिंग गोल गरे पछि हालै उक्त सुची सार्वजनिक भएको हो सुचीमा शीर्ष स्थानमा भने रोनाल्ड कोमन रहेका छन्।

रियाल म्याड्रिडका कप्तान रामोसले आइतबार युक्रेनबिरुद्धको ४-०को जितमा दुई गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या २३ बनाएका छन् भने ३४ बर्षेका स्टारको क्यारियर भर १२५ गोल पुगेको छ जुन कुनै अन्य सक्रिय डिफेन्डरहरु पुग्न सकेको छैन। बार्सिलोनाका वर्तमान व्यवस्थापक कोमन भने २५३ गोलको साथ शीर्ष स्थानमा छन् ।

फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने १० डिफेन्डरहरुको पूर्ण सुची हेर्नुहोस :-

10. Franz Beckenbauer – 109 goals

9. Roberto Carlos – 113 goals

8. Paul Breitner – 113 goals

7. Steve Bruce – 113 goals

6. Sergio Ramos – 125 goals

5. Graham Alexander – 130 goals

4. Laurent Blanc – 153 goals

3. Fernando Hierro – 163 goals

2. Daniel Passarella – 175 goals

1. Ronald Koeman – 253 goals