यी हुन् फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीहरू 

साओ पाउलो एफसीका स्टार डिफेन्डर ड्यानियल एल्वसले यो वर्ष ओलम्पिकमा ब्राजिल सँग फुटबलमा गोल्डमेडल जितेका छन् र उनी हाल फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीको सुचीमा धेरै माथि पुगेका छन्।

३८ वर्षका स्टार डिफेन्डर यो वर्षको ओलम्पिकमा ब्राजिल टिममा थिए भने ब्राजिलले स्पेनलाई हराउँदै गोल्ड मेडल जिते पछि हाल ड्यानि एल्वसले आफ्नो क्यारियरको ४३ औँ मेडल जितेका छन्। आफ्नो ४३औँ मेडल पछि उनी हाल फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीहरूको शीर्ष स्थानमा रहेका छन्।

उनले दोस्रो स्थानमा रहेका फुटबल सुपरस्टार मेस्सी भन्दा ५ उपाधिहरू बढी जितेका छन्। फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका एल्वसल अझै पनि अन्तर्राष्ट्रिय र क्लब खेलमा सक्रिय छन् र भविष्यमा उनले अझै थप उपाधि जित्न सक्ने छन्।

फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

11. Zlatan Ibrahimovic (31 trophies)

10. Xavi (33 trophies)

=8. Vitor Baia (34 trophies)

=8. Cristiano Ronaldo (34 trophies)

=6. Gerard Pique (35 trophies)

=6. Kenny Dalglish (35 trophies)

5. Ryan Giggs (36 trophies)

=3. Andres Iniesta (37 trophies)

=3. Maxwell (37 trophies)

2. Lionel Messi (38 trophies)

1. Dani Alves (43 trophies)