यी हुन् फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीहरू 

युभेन्ट्सले अट्ल्यान्टासँग २-१ को नतिजा निकाली कोप्पा इटालीयाको उपाधि जिते पछि रोनाल्डोले आफ्नो क्यारियरमा ३४ उपाधिहरू पुरा गरेका छन्।

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फेरि पनि नयाँ इतिहास बनाएका छन्। उनी इङ्ल्याण्ड, स्पेन र इटालीका सबै महत्त्वपूर्ण घरेलु ट्रोफी जित्ने पहिलो खेलाडी बन्न सफल भएका थिए भने हाल उनी धेरै उपाधि जित्ने खेलाडीको सुचीमा आठौँ स्थान पुग्न सफल भएका छन्।

कोप्पा इटालीया जिते पछि उनको कुल उपाधि जित ३४ रहेको छ र उनी हाल आठौँ स्थानमा रहेका छन्।

फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी भने बार्साका पूर्व स्टार ड्यानियल एल्वस रहेका छन् उनले कुल ४२ उपाधिहरू जितेका छन्।

फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीहरूको पूर्ण सुची तल हेर्निहोस:-

10. Xavi: 33 trophies

9. Vitor Baia: 34 trophies

8. Cristiano Ronaldo: 34 trophies

7. Gerard Pique: 35 trophies

6. Sir Kenny Dalglish: 35 trophies

5. Ryan Giggs: 36 trophies

4. Maxwell: 37 trophies

3. Andres Iniesta: 37 trophies

2. Lionel Messi: 37 trophies

1. Dani Alves: 42 trophies