यी हुन् फुटबलका लेजेण्ड र सुपरस्टारहरू जो अन्तर्राष्ट्रिय ट्रफी जित्न असफल रहेका छन्

फुटबलमा धेरै लेजेण्ड र सुपरस्टारहरू हुने गरेका छन् जसले क्लबबाट धेरै जिते पनि आफ्नो राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय ट्रफी जितेका छैनन्।

बार्सा र अर्जेन्टिनाका सुपरस्टार मेस्सीले आफ्नो क्लब क्यारियरमा धेरै जिते पनि उनले अन्तर्राष्ट्रिय ट्रफीहरू जितेका छैनन् भने २०१४मा उनी नजिक पुगे पनि जित्न असफल रहेका थिए भने कोपा अमेरिकाको फाइनलमा पनि उनी असफल रहेका थिए। क्लब स्तरमा सबै जिते पनि अन्तर्राष्ट्रिय ट्रफी जित्न नसकेका उनी एक्लो भने होइनन् र हाल प्रसिद्ध ब्रिटिस खेल म्यागेजिन गिभमिस्पोर्टले अन्तर्राष्ट्रिय ट्रफी जित्न असफल रहेका छन् फुटबलका लेजेण्ड र सुपरस्टारहरूको स्टार्टिंग एलेवेन तयार गरेको छ।

अन्तर्राष्ट्रिय ट्रफी जित्न असफल रहेका फुटबलका लेजेण्ड र सुपरस्टारहरूको स्टार्टिंग एलेवेन तल हेर्नुहोस्:-

GK: Peter Shilton (England)

RB: Javier Zanetti (Argentina)

CB: Jaap Stam (Netherlands)

CB: Paolo Maldini (Italy)

LB: Ashley Cole (England)

RM: Lionel Messi (Argentina)

CM: Johan Cruyff (Netherlands)

CM: Roberto Baggio (Italy)

LM: George Best (Northern Ireland)

ST: Eusebio (Portugal)

ST: Ferenc Puskas (Hungary)