यी हुन् प्रिमियर लिग खेलका १० सबैभन्दा उत्कृष्ट स्पेनिस खेलाडीहरु

प्रसिद्ध फुटबल वेबसाइट स्क्वाकाले प्रिमियर लिग इतिहासको १० सबैभन्दा उत्कृष्ट स्पेनिस खेलाडीहरूको सुची तयार गरेको छ।

प्रिमियर लिग इतिहासमा फ्रेन्च खेलाडीहरूको दबदबा रहे पनि स्पेनिस खेलाडीहरूले पनि प्रिमियर लिगमा आफ्नो नाम राख्ने गरेका छन् र हाल स्क्वाकाले प्रिमियर लिग खेलका १० सबैभन्दा उत्कृष्ट स्पेनिस खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीको शीर्ष स्थानमा पूर्व म्यान सिटी स्टार डेभिड सिल्वा पर्न सफल भएका छन्।

सिटी सँग १० वर्ष बिताउने क्रममा उनले सिटीलाई लिग जित्न मद्दत गरेका छन् भने सिटीलाई युरोपकै एक शीर्ष क्लब बनाउनेमा उनको पनि योगदान रहेको थियो।

सो सुचीको दोस्रो स्थानमा पूर्व चेल्सी र अर्सेनल स्टार फ्याब्रेग्यास रहेका छन्। अर्सेनलमा उनी निकै उत्कृष्ट खेलाडी थिए भने उनले अर्सेनललाई एफ ए कप जित्न मद्दत गरेका थिए भने चेल्सी सँग दुई पटक लिग जिते भने युरोप कप पनि जितेका थिए।

उक्त सुचीमा अन्य धेरै स्टार खेलाडीहरू छन् र उक्त सुची तल हेर्न सक्नु हुने छ:-

10. Santi Cazorla

9. Juan Mata

8. Pepe Reina

7. Diego Costa

6. Cesar Azpilicueta

5. Xabi Alonso

4. Fernando Torres

3. David de Gea

2. Cesc Fabregas

1. David Silva