प्रिमियर लिग सबैभन्दा कठिन फुटबल लिग रहेको धेरैको विश्वास छ भने सो लिगमा खेल जित्न गाह्रो हुने गर्दा केही क्लबहरूले भने निकै उत्कृष्ट अपराजित रेकर्डहरू बनाएको छ। प्रिमियर लिगमा अपराजित यात्राको विषयको कुरा आउँदा धेरैको मस्तिष्कमा आर्सनलले गरेका निकै उत्कृष्ट अपराजित यात्राको लिग जित आउने गर्छ।
आर्सनलले २००३-०४मा बनाएको ४९ खेलको अपराजित यात्रा नै अहिले सम्मको प्रिमियर लिगमा सबैभन्दा लामो र उत्कृष्ट रहेको छ। आर्सनल इङ्लिस फुटबल इतिहासमा दोस्रो टोली र प्रिमियर लिगको इतिहासमा पुरै सिजन अपराजित हुने पहिलो टोली रहेको छ। वेङ्गरको टोलीलाई अपराजित यात्राको अर्धशतकमा पुग्नबाट भने चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले रोकेको थियो।
प्रिमियर लिगमा सबैभन्दा लामो अपराजित यात्रा बनाएका क्लबहरूको सुची हेर्नुहोस्:-
5. Manchester United – 29 games
Streak –
December 26, 1998 – September 25, 1999 &
April 11, 2010 – February 5, 2011
4. Manchester City – 30 games
Streak –
April 8, 2017 – January 2, 2018
3. Chelsea – 40 games
Streak –
October 16, 2004 – November 6, 2005
2. Liverpool – 44 games
Streak –
January 12, 2019 – February 29, 2020
1. Arsenal – 49 games
Streak –
May 7, 2003 – October 24, 2004