यी हुन् प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी

आउँदो शनिवार देखि प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदै छ र फ्यानहरू धेरै उत्साहित रहेका छन्। हाल प्रिमियर लिग सुरु हुन लागेको बेला सबै तिर आउने खेल र क्लबका खेलाडीहरूको चर्चा हुँदै गरेको बेला प्रसिद्ध ब्रिटिस खेल म्यागेजिन स्पोर्टबाइबलले प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीहरूको सुची तयार गरेको छ।

प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको रुपमा पूर्व म्यान सिटी स्टार स्ट्राइकर सर्जियो अग्वेरो रहेका छन् यो ट्रान्सफर विन्डो उनी ला लिगा क्लब बार्सिलोनामा ट्रान्सफर भएका छन् तर सिटी र प्रिमियर लिगमा उनले धेरै रेकर्ड बनाएका छन्।

सर्जियो अग्वेरो १२ ह्याट्रिकका साथ प्रिमियर लिग इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी रहेका छन्। दोस्रो स्थानमा भने न्यूकासल युनाइटेडका लेजेण्ड एलन शियरर रहेका छन् उनको लिगमा ११ ह्याट्रिक रहेको छ।

प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Robin van Persie – Arsenal & Manchester United (5 hat-tricks)

9. Dimitar Berbatov – Fulham, Tottenham Hotspur & Manchester United (5 hat-tricks)

8. Luis Suarez – Liverpool (6 hat-tricks)

7. Wayne Rooney – Everton & Manchester United (7 hat-tricks)

6. Michael Owen – Liverpool, Newcastle United, Manchester United & Stoke City (8 hat-tricks)

5. Thierry Henry – Arsenal (8 hat-tricks)

4. Harry Kane – Tottenham Hotspur & Norwich City (8 hat-tricks)

3. Robbie Fowler – Liverpool, Leeds United, Manchester City & Blackburn Rovers (9 hat-tricks)

2. Alan Shearer – Newcastle United & Blackburn Rovers (11 hat-tricks)

1. Sergio Aguero – Manchester City (12 hat-tricks)