यी हुन् ‘नयाँ नेमार’ जसलाई म्यानचेस्टर सिटीले साइन गरेको छ

म्यानचेस्टर सिटी फ्लुमिनन्सका ब्राजिलियन युवा स्टार साइन गरेको छ। १७ वर्षका केकी नयाँ नेमार हुने धेरैको विश्वास छ भने म्यान सिटीले उनलाई £२१.५ मिलियनमा साइन गरेको खबर छ।

ब्राजिलियन युवा स्टार केकीको नेमार सँग धेरै तुलना हुने गरेको छ र उनी नयाँ नेमार हुने धेरैको विश्वास छ । युरोपको अन्य क्लबको नजर पनि केकीमाथि रहे पनि सिटी उनलाई भित्राउन सफल भएको छ।

इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार सिटीले ब्राजिलियन युवा स्टार सँग ५ वर्ष सम्झौता गरेको छ। सिटीले उनलाई साइन गरे पनि उनी हाल सिटीमा भने सामेल हुने छैनन्। २०२२मा उनी फ्रेन्च क्लब ट्रोयेसमा लोनमा जाने खबर छ ट्रोयेस पनि सिटी ग्रुपको भाग रहेको छ।

केकी विंगर र आक्रमणकारी मिडफिल्डको रूपमा खेल्न गर्छन्। यु१७ प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए जसको कारण युरोपको अन्य क्लबको नजर पनि केकीमाथि रहेको थियो।

लिभरपुल पनि उनी माथि इच्छुक रहेको खबर थियो तर म्यान सिटीले उनलाई हाल साइन गरेको छ ।उनले ब्राजिलको यु-१६को टिमबाट खेलेका छन्। भने उनी उत्कृष्ट युवा प्रतिभा मध्ये एक रहेको धेरैको विश्वास छ।