यी हुन् ‘नयाँ नेमार’ जसलाई म्यानचेस्टर सिटी साइन गर्न चाहन्छन्

म्यानचेस्टर सिटी फ्लुमिनन्सका ब्राजिलियन युवा स्टार साइन गर्न इच्छुक छन्। १७ वर्षका केकी नयाँ नेमार हुने धेरैको विश्वास छ भने म्यान सिटीले उनलाई £२१.५ मिलियनमा साइन गर्ने कुरा छ।

ब्राजिलियन युवा स्टार केकीको नेमार सँग धेरै तुलना हुने गरेको छ र उनी नयाँ नेमार हुने धेरैको विश्वास छ । युरोपको अन्य क्लबको नजर पनि केकीमाथि रहे पनि सिटी उनलाई भित्राउन सफल हुने गोलको दाबी छ।

केकी विंगर र आक्रमणकारी मिडफिल्डको रूपमा खेल्न गर्छन्। यु१७ प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए जसको कारण युरोपको अन्य क्लबको नजर पनि केकीमाथि रहेको थियो।

लिभरपुल पनि उनी माथि इच्छुक रहेको खबर थियो तर म्यान सिटीले उनलाई £२१.५ मिलियनमा साइन गर्ने कुरा छ।उनले ब्राजिलको यु-१६को टिमबाट खेलेका छन्। भने उनी उत्कृष्ट युवा प्रतिभा मध्ये एक रहेको धेरैको विश्वास छ।