यी हुन् दशकको सबैभन्दा उत्कृष्ट फुटबल खेलाडीहरू

प्रसिद्ध फुटबल वेबसाइट ९०मिनले पछिल्लो १० वर्षको सबैभन्दा १० उत्कृष्ट फुटबल खेलाडीहरूको सुची तयार गरेको छ।

पछिल्लो १० वर्षमा खेलाडीहरूको प्रदर्शन, उपाधिहरूको आधारमा ९०मिन उक्त सुची तयार गरेको जानकारी छ र उक्त सुचीको शीर्ष स्थानमा पिएसजीका सुपरस्टार मेस्सी रहेका छन्।

३४ वर्षका स्टारलाई धेरैले सबै समयका महान् खेलाडीको रूपमा हेर्ने गर्छन्, विगत एक दशकमा उनको उपलब्धिहरू बार्सिलोनाका लागि निकै उत्कृष्ट रहेको छ। उनले २०११ देखि क्लबलाई दुई च्याम्पियन्स लिग उपाधि जिताउन मद्दत गरेका छन् भने सोही अवधिमा उनले चार बलोन डी’ओर ट्रफीहरू पनि जितेका छन्।

दोस्रो स्थानमा भने म्यानचेस्टर युनाइटेडका सुपरस्टार रोनाल्डो रहेका छन्। चार च्याम्पियन्स लिग उपाधि, चार बलोन डि’ओर जित्नु, र अन्तर्राष्ट्रिय फुटबलमा शीर्ष स्कोरर बन्नुले पोर्चुगिज स्टार विगत १० वर्षमा कत्ति अविश्वसनीय रहेको छ भन्ने कुरा बताउँछ।

दशकको सबैभन्दा उत्कृष्ट फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10) Gareth Bale

9) Karim Benzema

8) Andres Iniesta

7) N’Golo Kante

6) Luis Suarez

5) Sergio Ramos

4) Luka Modric

3) Robert Lewandowski

2) Cristiano Ronaldo

1) Lionel Messi