यी हुन् कोपा अमेरिकाको उत्कृष्ट ११

कोपा अमेरिकाको २०१९को उत्कृष्ट ११ सुची सार्वजनिक भएका छ। कोपाको विजेता ब्राजिलबाट उत्कृष्ट ११ मा ५ खेलाडी पर्न सफल भएका छन् भने पेरुका २, अर्जेन्टिना, कोलम्बिया, उरुग्वे र चिलीका समान १ खेलाडी परेका छन् ।

ब्राजिलका एलिसन बेककेर, डानी एल्भेस, थिएगो सिल्भा, अर्थर र एभर्टन उत्कृष्ट ११ मा छन् । त्यस्तै पेरुका मिगेल ट्राउको र पाउलो गुरेरो तथा अर्जेन्टिनाका लियान्ड्रो पारेडेस छन् । ३१ वर्षे मेस्सी विपक्षीबाट सबैभन्दा बढी फल खाएका खेलाडी हुन् ।

मेस्सी यसपटक विभिन्न कारणले पटक पटक विवादमा परेका थिए । चिलीविरुद्धको तेस्रो स्थानको खेल २–१ को जित निकाल्दा मेस्सीले रातो कार्डको सामना गर्नुपरेको थियो । ब्राजिलविरुद्धको खेलमा रेफ्रीले पक्षपात गरेको भन्दै उनले समापन समारोह पनि बहिष्कार गरेका थिए ।

सन् २०१५ र २०१६ को कापा अमेरिकाको उत्कृष्ट ११ मा परेका मेस्सीले अर्को संस्करण पनि खेल्छन् खेल्दैनन् भन्ने अहिले एकिन गर्ने अवस्था छैन ।

कोपा उत्कृष्ट ११
एलिसन बेकर(ब्राजिल)

डानी आल्भेस (ब्राजिल), जोसे मारिया जिमेनेज (उरुग्वेज), थियागो सिल्भा (ब्राजिल), मिगुयल ट्राउको (पेरु)

आर्थर (ब्राजिल), लियोन्ड्रो पारेडेस (अर्जेन्टिना), अर्टुरो भिडाल (चिली)

हामेस रोड्रिग्वेज (कोलोम्बिया), पाउलो गुरेरो (पेरु), एभर्टन (ब्राजिल)