यी हुन् अहिलेको शीर्ष १० होल्डिंग मिडफिल्डरहरु

मिडफिल्डरहरु फुटबलको एक महत्त्वपूर्ण भाग हुन् र खेललाई अघि बढाउने र डिफेन्डर र आक्रमण दुबैलाई मदत गर्नमा मिडफिल्डरहरुको ठुलो भूमिका हुन्छ।

र हाल नै डेली स्टारले हालको शीर्ष १० होल्डिंग मिडफिल्डरहरु भनेर एक सुची प्रकाशित गरेको छ जस्मा शीर्ष स्थानमा रियलका स्टार काजिमिरो छन्।

उनले जोशुआ किमिचलाई पछि पार्दै उत्कृष्ट होल्डिंग मिडफिल्डरको नाम पाएका छन्।

२८ बर्षीय उच्च रेटेड ब्राजिलियन स्टार २०१३ मा लस ब्लान्कोस आइपुगेका थिए र त्यस पछि म्याड्रिड टीमको उनि एक महत्त्वपूर्ण खेलाडी बनेका छन्।

डेली स्टारले प्रकाशित गरेको शीर्ष १० होल्डिंग मिडफिल्डर्सको पूर्ण सुची तल हेर्नुहोस :-

10. Fernandinho (Manchester City)

9. Axel Witsel (Borussia Dortmund)

8. Nemanja Matic (Manchester United)

7. Sergio Busquets (Barcelona)

6. N’Golo Kante (Chelsea)

5. Rodri (Manchester City)

4. Fabinho (Liverpool)

3. Thomas Partey (Atletico Madrid)

2. Joshua Kimmich (Bayern Munich)

1. Casemiro (Real Madrid)