यी हुन् हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीहरू

हाल ट्रान्सफर विन्डो खुल्ला रहेको छ भने धेरै क्लबहरू खेलाडी साइन गर्ने र बेच्ने क्रममा रहेको बेला प्रसिद्ध ब्रिटिस पत्रिका द मिररले हालको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीहरूको सुची तयार गरेको छ। उक्त सुची अनुसार हाल सबैभन्दा मूल्यवान् फुटबल खेलाडीको रुपमा रियल म्याड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियर रहेका छन्।

रिपोर्ट अनुसार रियल म्याड्रिडका युवा स्टारको बजार मूल्य €१६६ मिलियन रहेको छ जसले उनलाई हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल खेलाडी बनाउँछ। दोस्रो स्थानमा भने म्यानचेस्टर सिटीका युवा स्टार फिल फोडेन रहेका छन्। उनको हाल बजार मूल्य €१५२ मिलियन रहेको जानकारी छ।

हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

Vinicius Junior – Real Madrid (€166m)

Phil Foden – Manchester City (€152.6m)

Erling Haaland – Borussia Dortmund (€142.5m)

Mason Greenwood – Manchester United (€133.9m)

Florian Wirtz – Bayer Leverkusen (€133m)

Jude Bellingham – Borussia Dortmund (€130.1m)

Alphonso Davies – Bayern Munich (€122.3m)

Ruben Dias – Manchester City (€120.5m)

Pedri Gonzalez – Barcelona (€118m)

Frenkie de Jong – Barcelona (€115.2m)

Jadon Sancho – Manchester United (€115m)

Bruno Fernandes – Manchester United (€113.9m)

Trent Alexander-Arnold – Liverpool (€112.8m)

Mason Mount – Chelsea (€108.9m)

Achraf Hakimi – Paris Saint-Germain (€108.2m)

Reece James – Chelsea (€108m)

Bukayo Saka – Arsenal (€103m)

Leroy Sane – Bayern Munich (€102.4m)

Jamal Musiala – Bayern Munich (€101.7m)

Kai Havertz – Chelsea (€101.2m)