यी सात स्ट्राइकरहरू आफू भन्दा पनि उत्कृष्ट रहेको हालान्डको दाबी 

MOENCHENGLADBACH, GERMANY - MARCH 07: (BILD ZEITUNG OUT) Erling Haaland of Borussia Dortmund looks on during the Bundesliga match between Borussia Moenchengladbach and Borussia Dortmund at Borussia-Park on March 7, 2020 in Moenchengladbach, Germany. (Photo by Alex Gottschalk/DeFodi Images via Getty Images)

हाल आर्लिङ हालान्ड संसारको सबैभन्दा उत्कृष्ट स्ट्राइकरहरु मध्ये एकको रूपमा रहेका छन्, धेरैले उनलाई अहिलेको सबैभन्दा उत्कृष्ट स्ट्राइकर पनि भन्न सुरु गरेको बेला उनले आफू भन्दा माथि ७ स्ट्राइकरहरु रहेको बताए।

गत सिजन च्याम्पियन्स लिगको समूह चरणमा रेड बुल साल्जबर्ग सँगको उनको उत्कृष्ट प्रदर्शन पछि उनी एक नामी खेलाडी बन्न सफल भएका थिए भने उनको प्रतिभाको सबै तिर प्रशंसा हुने गरेको छ र ठुलो क्लबहरूले उनलाई साइन गर्न योजना बनाउने क्रम सुरु भएको छ।

उनलाई धेरैले सबैभन्दा उत्कृष्ट स्ट्राइकर भन्ने गरेको बेला उनले सो कुरा अस्वीकार गरे भने आफू भन्दा यी ७ खेलाडी – क्रिस्टियानो रोनाल्डो, रोबर्ट लिवान्डोस्की, सर्जियो अग्वेरो, रोबर्टो फिर्मिनो,पिएरे–एमरिक अउबमेयाङ, ह्यारी केन र टिमो वर्नर उत्कृष्ट रहेको बताए।

जनवरीमा बरुसिया डोर्टमन्ड आएका स्टारलाई धेरैले अहिलेको सबैभन्दा उत्कृष्ट स्ट्राइकर मान्ने गर्छन् तर उनी यो कुरामा विश्वास गर्दैनन् र आफू भन्दा अन्य सात स्ट्राइकरहरू उत्कृष्ट रहेको उनको विश्वास छ। भिजीसँगको एक अन्तर्वार्तामा सो ७ खेलाडीहरूको नाम लिएका थिए।