आर्लिङ हालान्ड आफु संसारको आठौं सर्वश्रेष्ठ स्ट्राइकर रहेको र उनि भन्दा अरु ७ उत्कृष्ट स्ट्राइकरहरु रहेको विश्वास गर्छन।
गत सिजन च्याम्पियन्स लिगको समूह चरणमा रेड बुल साल्जबर्ग संगको उनको उत्कृष्ट प्रदर्शनको मद्दतले उनि बिस्व विश्व फुटबल एक प्रसिद्ध खेलाडी बन्न सफल भएका छन् भने उनको प्रतिभाको सबै तिर प्रसंसा हुने गरेको छ र ठुलो क्लबहरुले उनलाई साइन गर्न योजना बनाउने क्रम सुरु भएको छ।
ERLING HAALAND named the seven strikers he thinks are better than him – but would back himself in a crunch tie.
The Borussia Dortmund star, 20, burst on to the European stage last year with his performances for Red Bull Salzburg. pic.twitter.com/jDRXPpvWlz— Nana Prempeh99 (@nanaprempeh99) October 2, 2020
जनवरीमा बरुसिया डोर्टमन्ड आएका स्टारलाई धेरैले अहिलेको सबैभन्दा उत्कृष्ट स्ट्राइकर मान्ने गर्छन तर उनि यो कुरामा विश्वास गर्दैनन् र आफु भन्दा अन्य सात स्ट्राइकरहरु आफु भन्दा पनि उत्कृष्ट रहेको उनको विश्वास छ। भिजीसँगको एक अन्तर्वार्तामा उनले आफु भन्दा पनि उत्कृष्ट सात स्ट्राइकरहरुको नाम लिए।
उनले क्रिस्टियानो रोनाल्डो, रोबर्ट लिवान्डोस्की, सर्जियो अग्वेरो, रोबर्टो फिर्मिनो,पिएरे–एमरिक अउबमेयाङ, ह्यारी केन र टिमो वर्नर आफु भन्दा उत्कृष्ट रहेको बताए।
Erling Haaland names seven strikers better than him including Aubameyang & Kane https://t.co/GN7fba4bN4
— Sun Sport (@SunSport) October 2, 2020
जबकि हामी यो अनुमान गर्न सक्दछौं कि मेस्सीलाई उनले सूचीमा नराख्नु को कारण उनलाई थाहा छ कि बार्सिलोनामा मेस्सी स्ट्राइकरको रूपमा खेल्ने गर्दैनन्। तर उनको सुचीमा काइलियन एम्बाप्पेको अनुपस्थिति केहि रोचक रहेको छ।