यी युवा खेलाडीले बार्सिलोनाको लागि पहिलो गोल गरे पछि गाडी किनेर मनाए

एजेन्सी, फ्रान्सिस्को त्रिन्साओले रियल बेटिसविरुद्ध आकर्षक गोल गर्दै बार्सिलोनालाइ जिताए। उक्त गोल उन्को बार्सिलोनाको लागि पहिलो गोल थियो। उन्ले, गोल गरे पछि अनौठो रुपमा गोल मनाए। उन्ले लाम्बोर्गिनी गाडी खरिद गर्दै मनाए।

पोर्टुगिज विङ्गरले आफ्नो लागि लाम्बोर्गिनी हुराकान इभो २५०००० युरो पर्ने गाडी किनेका हुन।

ब्रागाका पुर्व स्टारले आफ्नो इन्स्टाग्राममा गाडीसंग फोटो खिचेको तस्बिर सार्वजनिक गरेका थिए।

यी २१ बर्षिय खेलाडिले बार्सिलोनाको प्रशिक्षक रोनाल्ड कोम्यानको भरोसा जित्दै गरेको छ। उन्ले २७ खेलमा १ गोल गरेका छन।