‘यी तीन स्टार खेलाडीहरू जसले नेमारको ट्रान्सफर रेकर्ड तोड्न सक्ने छन्’

स्थानान्तरण विशेषज्ञ फ्याब्रीजियो रोमानोले ३ खेलाडीका नाम लिएका छन् जसले फुटबल ट्रान्सफरको वर्ल्ड रेकर्ड तोड्न सक्ने छन् भनेर उनि विश्वास गर्छन। उनको अनुसार आर्लिङ हालान्ड, लाउटारो मार्टिनेज र काइलियन एम्बाप्पे निकट भविष्यमा स्थानान्तरणको विश्व कीर्तिमान तोड्न सक्ने तीन खेलाडी हुन्।

हाल फुटबल इतिहासमा सबभन्दा महँगो स्थानान्तरण तीन वर्ष अगाडि नेमारको बार्सिलोनाबाट पेरिस सेन्ट-जर्मनमा स्थानान्तरण हो जसको लागि पिएसजीले £१९८ मिलियन तिरेको थियो। यूरोपीयन फुटबलमा अहिले पनि ठुलो रकमको ट्रान्सफर हुने गर्छ तर पिएसजीले नेमारको लागि तिरेको जति रकम अहिल सम्म कुनै क्लबले तिरेको छैन।

तर हाल फुटबलमा नयाँ युवा स्टारहरु आएका छन् जसलाई साइन गर्न ठुलो ठुलो क्लबहरु योजना बनाइरहेका छन् र यो रेकर्ड चाडै तोड्न सक्ने रोमानोको विश्वास छ।

“मलाई लाग्छ आर्लिङ हालान्ड जस्ता खेलाडी, जो युवा छन् उनले यो रेकर्ड तोड्न सक्छन। म यो भविष्यवाणी गर्छु ’cause मलाई उनको खेल मन पर्छ। उनको शैली र मानसिकता। उहाँ एक मेशीन, एक रोबोट हुन्। €२५ मिलियनमा आएका उनको हाल रिलिज क्लज €७५ मिलियन रहेको छ।” फ्याब्रीजियो रोमानोले बताए ।

“मलाई लाग्छ नेमारको रेकर्ड तोड्ने आर्लिङ हालान्ड, लाउटारो मार्टिनेज र काइलियन एम्बाप्पेहरु हुन सक्छ।”

“यस क्षणमा हामीसंग शीर्ष युवा स्ट्राइकरहरू छैन हालान्ड र लाउटारो मार्टिनेज बाहेक। हामीले भविष्यमा यी खेलाडीहरुले नेमारको रेकर्ड तोडेको देख्न सक्ने छौ भने मेरो विश्वासमा।

“मैले एम्बाप्पेको उल्लेख गर्नुपर्नेछ उनि भविष्यका बलोन डी’ओर विजेता हुन्।