यी तीन डिफेन्डर विश्वको सर्वश्रेष्ठ रहेको हालान्डको दाबी

एर्लिङ हालान्डले युरोपियन फुटबलमा आफ्नो अविश्वसनीय गोल स्कोरिंग रेकर्डको साथ डिफेन्डरहरुलाई आतंकित गर्दै आएका छन्। यस सीजन मात्र, २० बर्षेका स्टारले लिगमा आठ गोल गरेका छन् भने, साथ साथै ६ च्याम्पियन्स लिग गोल पनि गरेका छन्।

यद्यपि उनले आफुलाई गार्हो बनाउने डिफेन्डरहरु रहेको बताएका छन् र ३ तीन सेन्टर ब्याक विश्वको सर्वश्रेष्ठ रहेको हालान्डको विश्वास छ।

हालान्डले भने: “मलाई लाग्छ विश्वको सर्वश्रेष्ठ तीन सेन्टर डिफेन्डरहरू सर्जियो रामोस, भर्जिल भ्यान डाइक र कालिदौ कोलीबाली हुन्। तीनै जना शारीरिक रुपमा बलियो छन्, तर अत्यन्तै बुद्धिमानी पनि छन्।”

चाखलाग्दो कुरा के छ भने, बुन्डेसलिगा तीनै खेलाडी खेल्दैनन् र उनले कुनै बुन्डेसलिगा डिफेन्डरका नाम लिएनन्- जहाँ युवा स्टारको गोल स्कोरिंगको अविश्वसनीय रेकर्ड जारी छ।