यी तिन खेलाडीहरु बाहेक बार्साका खेलाडीहरु नयाँ तलब कटौतीको बिरुद्धमा

बार्सिलोनाका तीन खेलाडीहरूले आफ्नो तलब कटौती स्वीकार गरेका छन्। हाल कोरोना भाइरसको कारण क्लब खर्च घटाउने क्रममा रहेको छ।

मार्चमा बार्साले आफ्नो खेलाडीहरूलाई महामारीको कारण तलब कटौती स्वीकार अनुरोध गरे, सो समय फुटबल गतिविधिस सबै रोकिएको थियो। त्यो समय बार्साका खेलाडीहरुले उक्त कटौती अनुरोध स्वीकार गरे।

तर क्लब अझै आर्थिक कठिनाइबाट मुक्त हुन सकेको छैन र फेरी खेलाडीहरूलाई अर्को तलब कटौती अनुरोध गरेको खबर छ, वा कमसेकम बार्सा तलब सानो किस्तहरूमा भुक्तानी गर्न चाहन्छन्।।

खेलाडीहरू यसको बिरूद्ध गएका छन् र उनीहरूले बुरोफ्याक्समा हस्ताक्षर गरेका छन्, तर तीन खेलाडीहरूले फरक प्रतिक्रिया देखाए र क्लबलाई समर्थन गरे।

खबर अनुसार मार्क-एन्ड्रे टेर स्टेगेन, फ्रेन्की डि जोङ्ग र क्लेमेन्ट लेन्गलेटले तलब कटौती बिरुद्ध जान इन्कार गरेका छन् र अन्य खेलाडी जस्तै बुरोफ्याक्समा हस्ताक्षर नगर्ने कुरा छ।