“यी चार क्लब च्याम्पियन्स लिग जित्ने मुख्य दाबेदार हुन्”- मेस्सी

लियोनेल मेस्सीले बार्सिलोना यस सीजनको च्याम्पियन्स लिग जित्ने दाबेदार रहेको कुरा इन्कार गरेका छन्।

३२ वर्षका बार्सिलोना कप्तानले अन्तिम पटक २०१४/१५ अभियानमा च्याम्पियन्स लिगको सफलताको स्वाद लिएका थिए र क्याम्प नाउमा ट्रफी फिर्ता ल्याउने उनको चाहानाको बारेमा उनले खुलेर बोल्ने गर्छन।

तर उनको पक्ष गत वर्षको सेमिफाइनलबाट नराम्रो संग नकआउट भएको थियो। यो सिजन च्याम्पियन्स लिग जित्ने मुख्य दाबेदार चार क्लब रहेको मेस्सीले बताए।

मेस्सी विश्वास गर्छन कि लिभरपूल अझै पनि च्याम्पियन्स लिग जित्ने मुख्य दाबेदार हुन् एटलेटिको म्याड्रिड बिरुदको १-०को हार बावजुद ।

लिभरपूल, युभेन्टस, पेरिस सेन्ट-जर्मेन र रियल म्याड्रिड यस सीजनमा च्याम्पियन्स लिग जित्ने मुख्य दाबेदारहरु रहेको मेस्सीले बताए ।

“सबै [टोली] जटिल र गाह्रो छ,” उनले स्पेनी अखबार मुन्डो डेपोर्तिभोलाई भने।

“पेरिस डार्टमन्ड खेल्न गएको थियो र हार्यो, लिभरपूल एलेटिकोको मैदानमा गयो र हार्यो, तर मलाई लाग्छ, लिभरपूल, युभन्टस, पेरिस र म्याड्रिड यो सिजन सबैभन्दा शक्तिशाली टिम हुन्।”