यी खेलाडीहरुको लागि २०१८ विश्वकप अन्तिम विश्वकप हुन सक्छ!

फीफा २०१८  विश्वकप सुरु हुन केहि महिना मात्र बाकी छ। यो फुटबलको सबैभन्दा ठूलो प्रतियोगित हो । खेलाडी हरु को लागि यो जीवनको सबैभन्दा ठूलो क्षण हो र केहि नामी खेलाडीहरुको लागि यो अन्तिम विश्वकप  हुन सक्छ ।

यी खेलाडीहरुको लागि २०१८ विश्वकप अन्तिम विश्वकप हुन सक्छ!

ज्लाटन इब्राहिमोभिच

ज्लाटन इब्राहिमोभिच प्रसिद्ध स्विडिश खेलाडी हुन् ३६ वर्षका ज्लाटनले स्वीडनको लागि ६२ गॉल गरेका छन्  । विश्वकप अगाडी नै उनले रिटायर गरेका थिए तर उनि विश्वकप खेल्न फेरी फिर्ता आउने कुरा हुदै छ र उनले फेरी विश्वकप खेलेमा यो उनको अन्तिम विश्वकप हुने छ  ।

जेरार्ड पिके

जेरार्ड पिके स्पैनिश डिफेंडर हुन् उनले २०१० मा विश्वकपमा स्पेनको जितमा ठुलो भूमिका खेलेका थिए। ३१ वर्षका पिकेले स्पेनको लागि ९६ खेल खेलेका छन् । मिडियाहरु संग कुरा गर्दै  उनले  पुष्टि गरे कि उनि राष्ट्रिय टोलि बाट रिटायर हुने छन् भनेर ।
“हो, म  २०१८ विश्वकप पछि  राष्ट्रिय टोलि बाट रिटायर हुनेछु । मैले पहिले नै धेरै पटक भने। “म स्पेनको लागि खेलेकोमा धेरै गर्व छु”

लॉरेंट क़ोस्सईएलनी

लॉरेंट क़ोस्सईएलनी फ्रेंच डिफेंडर हुन् उनले फ्रान्सक लागि ५२ खेल खेलेका छन् । ३२ उमेरका यी भरपर्दा फ्रेंच डिफेंडरका लागि २०१८ विश्वकप अन्तिम विश्वकप हुनछ मिडियाहरु  संग कुरा गर्दै उनले यो विश्वकप पछि रिटायर हुने बताए।

टिम काहिल

38 उमेरमा टिम काहिल अष्ट्रेलियाका स्ट्राइकर हुन् उनि अष्ट्रेलियाका लागि धेरै महत्वपूर्ण र सफल खेलाडी हुन्। उनकै उत्कृष्ट प्रदर्शनको कारण अष्ट्रेलिया २०१८ विश्वकपमा छनोट हुन सफल भए। 38 उमेर पुगी सकेका टिम काहिलका लागि सम्भवतः २०१८ विश्वकप अन्तिम विश्वकप हुन छ। अष्ट्रेलियाका लागि १०५ खेल मा उनले ५० गोल गरेका छन्।

मारियो गोमेज

32 उमेरका मारियो गोमेज जर्मन स्ट्राइकर हुन् उनले जर्मनीको लागि ७१ खेलमा ५० गोल गरेका छन् । 32 उमेरका स्ट्राइकरको २०१८ विश्वकपमै उनको स्थान स्पष्ट छैन र उनले जर्मनी टोलिको २०१८ विश्वकप खेल्न पाए सम्भवतः उनको यो अन्तिम हुने छ  ।

ज्याभिअर मासेरानो

३३ उमेरका ज्याभिअर मासेरानो अर्जेन्जिनाका डिफेंडर हुन्  राष्ट्रिय टोलीबाट १४१ खेल खेलेका मासेरानोको यो  विश्वकप अन्तिम विश्वकप हुनछ । “मेरो अन्त्य बिन्दु रूस हो, त्यहाँ पछि केही पनि छैन,”-ज्याभिअर मासेरानो । २०१४को  विश्वकपमा अर्जेन्जिनाको उनि पनि थए र २०१८ विश्वकप भने उनको अन्तिम विश्वकप हुन छ ।

म्यानुअल न्युएर 

म्यानुअल न्युएर जर्मन  गोलरक्षक हुन्।  32 उमेरका गोलरक्षकले जर्मनीले २०१४ विश्वकप ट्रफी उचाल्दा उनी प्रमुख सदस्य थिए। २०१४ फिफा विश्वकपमा न्युएरले विश्वस्तरिय गोल रक्षण गरेका थिए र पुरा प्रतियोगिताभरी विपक्षीलाई ४ गोल मात्र गर्न दिए। २०१८ विश्वकप भने उनको अन्तिम विश्वकप हुन सक्छ। ३२ वर्ष पुगेका म्यानुअल न्युएर अर्को विश्वकप मा ३६ वर्ष पुग्ने छन् र जर्मनी टोलिमा अति धेरै प्रतिभाशाली खेलाडीहरु आउने गरेको कारण उनि  रिटायर हुने सक्ने देखिएको छ 


लिओनेल मेस्सी

 ३० उमेरका सुपर स्टार मेस्सी अर्जेन्जिनाका स्टार खेलाडी हुन्। क्लबबाट धेरै उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् ।  राष्ट्रिय टोलीबाट १ सय २३ खेल खेलेका मेस्सीले ६१ गोल गरेका मेस्सी २०१८ मा विश्वकपमा नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । ला कोनिसासँगको अन्र्तवार्ताका क्रममा मेस्सीले भनेका थिए , ‘यदि हामीले रसिया विश्व कप जित्न सकेनौं भने हामीले राष्ट्रिय टोलीबाट अलग हुनु ठिक हुन्छ । हामी त्यस्तो सच्छौं । रसियामा उपाधि जित्ने सपना मैले देखेको छु ।’-:मेस्सी