डिएगो कोस्टाले हालसालै एटलेटिको म्याड्रिडसँग आफ्नो सम्झौता समाप्त गरेका थिए। क्लबमा उनको निराशाजनक पहिलो हाफ र खेल समय पाउन संघर्ष गरे पछि उनले सो निर्णय लिए।
हाल फ्री एजेन्ट रहेका कोस्टाको नयाँ गन्तव्य कुन हुने कुरा स्पष्ट छैन तर केहि क्लब उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।
Diego Costa has been linked with a move to Wolverhampton Wanderers after parting ways with Atletico Madrid. #SLInt
Read: https://t.co/OUnqYfeoh4 pic.twitter.com/lNjGVBMvpq
— Soccer Laduma (@Soccer_Laduma) January 2, 2021
प्रिमियर लिगका ३ क्लब आर्सनल, टोटनह्याम र वोल्भ्स संग उनको नाम जोडिएको छ। आर्सनल र टोटनह्यामले उनलाई साइन गर्न सक्ने कुरा भए पनि क्लबले धेरै चासो नदेखाएको अवस्था छ भने वोल्भ्स आफ्नो चोटग्रसित स्ट्राइकर राउल जिमेनेजको विकल्पको खोजीमा छन् र डिएगो कोस्टामा वोल्भ्सको चासो रहेको छ।
Juventus have ruled themselves out of the running to sign Diego Costa on a free transfer, Goal can confirm ❌
Costa x Ronaldo would have been fun 🤝 pic.twitter.com/StbH3saBEm
— Goal (@goal) December 31, 2020
युभेन्टस संग पनि डिएगो कोस्टाको नाम जोडिएको छ। खबर अनुसार युभेन्टस उनलाई साइन गर्न इच्छुक छैनन्। युभेले फ्री-एजेन्ट रहेका कोस्टा साइन गर्न प्रयास गर्ने धेरै चर्चा रहे पनि गोल डट कमका अनुसार युभेन्टसले उनलाई साइन गर्ने छैन।
✍️ TRANSFER NEWS
Diego Costa 🟠🐺
Georginio Wijnaldum 🤷♂️🤔
Lionel Messi 🇦🇷👀
Dele Alli 👋⚪️
Hugo Lloris 🔙🇫🇷👇🇪🇺 Here’s a roundup of the latest global transfer news…#Transfers #TransferNews #PremierLeague #LaLigaSantander #Ligue1 #MLS https://t.co/tIYXdn0oi6
— LiveScore (@livescore) December 30, 2020
उनि अमेरिकामा मेजर लिग सकर खेल्न जान सक्ने चर्चा पनि रहेको छ। धेरै स्टार खेलाडीहरु अमेरिकामा गएर आफ्नो क्यारियर अन्त्य गर्ने गरेका छन् भने डिएगो कोस्टाको पनि सोहि निर्णय हुन सक्ने खबर छ।