अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेका छन् । मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी दिए पछि धेरैले उनको नयाँ क्लब कुन हुने बारे प्रस्न गर्दै गरेका छन्।
उनको सम्झौतामा सिजनको अन्त्यमा उनि नि: शुल्कमा क्लब छोड्न पाउने क्लज रहेको थियो तर खबर छ कि उक्त क्लज जुनमा अन्त्य भएको छ र मेस्सीले बार्सा संग नयाँ सम्झौता गरेका छैनन् जस्को कारण उनलाई साइन गर्न इच्छुक क्लबहरुले उनको रिलिज क्लज तिर्न पर्ने हुने छ।
मेस्सीलाई साइन गर्न उनको रिलिज क्लज ७०० मिलियन युरो रहेको छ जस्लाई तिर्न क्लबहरुलाई पक्कै पनि गरेको हुने छ। तर केहि क्लबहरु उनलाई क्लबमा भित्राउन सो ठुलो रकम पनि खर्च गर्न तयार रहेको खबरहरु पनि छ।
Lionel Messi and Man City manager Pep Guardiola have reportedly spoken about the possibility of the star forward joining the English club 👀 https://t.co/HKdZwgfrAM
— Sports Illustrated (@SInow) August 26, 2020
हाल उनलाई भित्राउन सक्ने मुख्य क्लबको रुपमा म्यानचेस्टर सिटी रहेको छ। खबर अनुसार उनले पुर्व बार्सा कोच पेप गार्डियोला संग फोनमा कुरा गरेका थिए र सिटीमा आउन उनि इच्छुक रहेका छन्।
Manchester United are in a position to pull off the signing of Lionel Messi, claims Sport 😱 pic.twitter.com/AwFp54aWVj
— Goal (@goal) August 26, 2020
म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि उनको बार्सा निर्णय पछि केहि छलफल गरेको खबर आएको छ। तर दुई क्लबले उनको लागि ठुलो रकम खर्च नगर्न सक्ने सम्भावना धेरै छ।
PSG want to sign Messi to play alongside Neymar and Mbappe.
Inter Milan are also a team that are attentive to Messi’s saga. [sport]
— barcacentre (@barcacentre) August 25, 2020
अर्को मुख्य दाबेदार पिएसजी रहेको छ। खेलाडी साइन गर्न पिएसजी संग विशाल वित्तीय स्रोत रहेको छ र नेमार संग फेरी खेल्न पनि मेस्सीलाई राम्रो हुन सक्ने छ मेस्सी र नेमारको साझेदारी बार्सामा उत्कृष्ट थियो र पिएसजीमा काइलियन एम्बाप्पे जस्तो युवा खेलाडी संग मेस्सी नेमारको टिम बन्न सके पिएसजी निकै बलियो हुने छ।
इन्टर मिलान पनि मेस्सी साइन गर्ने दौडमा जान सक्ने देखा परेको छ- चिर प्रतिद्वन्द्वी युभेन्टसले रोनाल्डो भित्राए पछि इन्टरले धेरै पटक मेस्सी साइन गर्ने कुरा गरेको थियो र इन्टरका नयाँ मालिक पनि मेस्सी फ्यान हुन्। इन्टरमा लाउटरो मार्टिनेज संग खेल्ने उनको लागि राम्रो हुन सक्छ उनले धेरै समय देखि बार्सालाइ मार्टिनेज साइन गर्न अनुरोध गर्दै थिए।