यी कोचले बार्सिलोनामा कोम्यानलाई प्रतिस्थापन गर्न सक्ने

बार्सिलोनामा कोम्यानको भविष्य ’bout प्रश्न हुने क्रम जारी रहेको बेला उनको विकल्पको खोजीमा बार्सा रहेको जानकारी छ भने उनलाई प्रतिस्थापन गर्न बार्साको योजनामा बेल्जियमका कोच रहेको जानकारी छ। खबर अनुसार कोम्यानको विकल्पको रुपमा बार्साको योजनामा बेल्जियमका राष्ट्रिय टोलीका कोच रोबर्टो मार्टिनेजमा रहेको छ।

कोम्यान हाल धेरै दबाबमा रहेका छन् उनको आगमन पछि क्लबमा धेरै विवादहरू भएको छ भने हाल क्लबको प्रदर्शन निकै आलोचना हुने गरेको बेला ग्रानाडा विरुद्धको सङ्घर्षपूर्ण बराबरी पछि उनको भविष्य ’bout प्रश्न हुने क्रम बढेको छ।

कोम्यानको खेलाडी किन्ने र बेच्ने निर्णय’bout पनि धेरै आलोचना हुने गरेको छ भने उनकै नेतृत्वमा मेस्सीले क्लब छोड्न बाध्य भए पछि फ्यानहरू प्रति पनि उनको नकारात्मक छवि बन्न सुरु भएको थियो भने क्लबको प्रदर्शनमा सुधार नभए उनलाई बर्खास्त गर्न क्लब बाध्य हुने छ भने उनको विकल्पको रुपमा रोबर्टो मार्टिनेज बार्साको नजरमा रहेको जानकारी छ।

खबर अनुसार जोआन लपोर्टा मार्टिनेजको ठुलो प्रशंसक हुन् र दुई बिच राम्रो सम्बन्ध पनि रहेको छ।

मार्टिनेजको बेल्जियम सँगको सम्झौता जून सम्म रहेको छ तर कोम्यानलाई प्रतिस्थापन गर्न परे लापोर्टा उनलाई क्लबमा भित्राउन बेल्जियम सँग उनको सम्झौता रद्द हुन निर्धारित गरिएको रकम तिर्न तयार हुने जानकारी छ।