यी उत्कृष्ट खेलाडिहरुको अर्को गन्तव्य बन्न सक्छ एमएलएस

मेसुट ओजिल र लिओनेल मेस्सीले केही समय अगाडि आफुहरु एमएलएस खेल्ने इच्छा ब्यक्त गरेका थिए। अमेरिका अहिले उमेर धल्केका खेलाडिहरुको लागि एउता उत्कृष्ट गन्तव्य हुने गरेको छ।

रादेमेल फाल्काओ अर्को खेलाडि हो जस्ले इन्टर मायामीका लागि चादै खेल्न सक्दछ। डेभिड बेक्खमको मियामीले गोन्जालो हिगुआइनलाई यस अघि नै अनुबन्धित गरि सकेका छन भने फाल्काओलाई उनिसंगै खेलाउन प्रयासरत छन।

वेन रोनिको पुर्व क्लब डि सि युनाईटेडले मेसुट ओजिललाई भित्र्याउन खोजी राखेका छ्न। उन्को आर्सनलसंगको सम्झैता सके पछि उनी उक्त स्थान तर्फ जाने सम्भावना रहेको छ।

त्येस्तै अर्को खेलाडीमा लिओनेल मेस्सी पर्दछ। उन्ले पनि आफूले सन्यास लिनु अगाडि एमएलएसमा खेल्ने इच्छा रहेको बताएका थिए। यदि उनी इच्छुक भएको खण्डमा न्यु योर्क सिटि एफ सि एउता गतिलो गन्तव्य बन्न सक्दछ।

क्रीस्टियानो रोनाल्डो हाल मात्रै नानीलाई उन्को क्लब ओर्लान्डो सिटिमा आउन चाहेको बताएका छ्न। उक्त क्लबमा काकाले पनि खेलेका थिए। रोनाल्डो र काका रियल म्याड्रिडमा संगै खेलेका थिए।