यि हुन डिपिएल अक्सनमा सर्वाधिक महँगा खेलाडीहरू

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ।

देशभरिका विभिन्न छ वटा सहरका टिमहरूले खेलाडीहरू सहभागी गराउनका लागि अक्सनको माध्यमबाट समावेश गरेका हुन्।

विनोद भण्डारी, ललित भण्डारी, ललित नारायण राजवंशी, भीम सार्की, आरिफ शेख, पवन सर्राफ सबभन्दा महँगा खेलाडी बनेका छन्।

छ जना खेलाडी छुट्टाछुट्टै टिममा समान २ लाख ५० हजारमा अनुबन्धित भएका हुन्।

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्।

१ लाखभन्दा बढीमा अनुबन्धित भएका खेलाडीहरू :

१.विनोद भण्डारी : २ लाख ५० हजार : रूपन्देही

२.विक्रमकुमार भुसाल : १ लाख ६० हजार : काठमाडौं

३.किशोर महतो : १ लाख : विराटनगर

४.अमित श्रेष्ठ १ लाख ८० हजार : धनगढी

५.सन्दीप सुनार : १ लाख १० हजार : रूपन्देही

६.सौरभ खनाल : १ लाख ६० हजार : धनगढी

७.प्रदीप ऐरी: २ लाख ४० हजार : रूपन्देही

८.ललित भण्डारी : २ लाख ५० हजार : रूपन्देही

९ कुशल भुर्तेल : १ लाख ६० हजार: विराटनगर

१०.अविनाश बोहोरा : १ लाख ७० : महेन्द्रनगर युनाइटेड

११ सागर ढकाल : १ लाख : महेन्द्रनगर

१२ आसिफ शेख : १ लाख ८० हजार : विराटनगर

१३. कृष्ण कार्की : १ लाख : रूपन्देही

१४. अमर सिंह रौटेला : १ लाख २० हजार: महेन्द्रनगर

१५. राशिद खान : १ लाख ७० हजार : काठमाडौं

१६. आरिफ शेख: २ लाख ५० हजार : महेन्द्रनगर

१७. भुवन कार्की : २ लाख १० : सिवाइसी अत्तरिया

१८.भिम सार्की : २ लाख ५० हजार : रूपन्देही

१९. पवन सर्राफ : २ लाख ५० हजार : धनगढी

२०. रोहित कुमार पौडेल : २ लाख ३० हजार : महेन्द्रनगर

२१.सुनील धमला : १ लाख ८० हजार : धनगढी

२२.सुशन भारी श्रेष्ठ : १ लाख : विराटनगर

२३.सन्दीप जोरा : २ लाख ३० हजार : अत्तरिया

२४.अनिल कुमार साह : १ लाख ७० हजार : काठमाडौं

२५.पृथु बाँस्कोटा : १ लाख २० हजार : विराटनगर

२६.ललित नारायण राजवंशी : २ लाख ५० हजार : काठमाडौँ