यही हप्ता बार्साले आफ्नो ३ खेलाडीहरू बेच्ने

ला लिगा क्लब बार्सिलोनाले यस हप्ता आफ्नो थप ३ खेलाडीहरू बेच्ने योजना बनाएको खबर छ। हाल आर्थिक समस्यामा रहेको बार्सिलोना आफ्नो खेलाडीहरू बेच्न पर्ने बाध्यतामा रहेको छ भने यो हप्ता आफ्नो ३ खेलाडीहरू बेच्ने बार्साको योजना रहेको जानकारी छ ।

हाल खबर अनुसार बार्साले क्लेमेन्ट लेन्गलेट, सर्जिनो डेस्ट र शमूएल उम्तितिलाई बेच्ने योजना बनाएको छ।

लेन्गलेटले बार्सा सँग गत सिजन २९ खेल खेलेका थिए भने उनी फ्रान्सको युरो २०२० टिममा पनि रहेका थिए। बार्साले म्यान सिटीबाट एरिक गार्सिया साइन गरे पछि लेन्गलेटलाई अफलोड गर्ने बार्साको योजना रहेको छ।

सर्जिनो डेस्ट गत सिजन मात्र आयाक्सबाट बार्सा आएका थिए भने उनको खेलले बार्सा धेरै प्रभावित नरहेको जानकारी छ भने भने बार्साले इमरसनलाई साइन गरे पछि डेस्टलाई बेच्ने योजना बनाएको जानकारी छ।

शमूएल उम्तितिलाई बेच्ने बार्साको पुरानो योजना रहेको छ भने सो कुरामा बार्सा अहिले सम्म सफल रहेको छैन। गत सिजन नै बार्साले उनलाई बेच्ने योजना बनाए पनि उम्तिति क्लब छोड्ने इच्छुक नरहेको देखिन्छ भने उनी तलब कटौती पनि स्वीकार गर्न अनिच्छुक रहेका छन्।

हाल बार्सिलोना निकै जटिल आर्थिक समस्यामा फसेको छ जसको कारण आफूले साइन गरेको खेलाडीहरू ला लिगामा रेजिस्टर गर्न बार्सा आफ्नो खेलाडीहरू बेच्न पर्ने बाध्यतामा छ। कोनराड डे ला फुएन्टे, जीन-क्लेयर तोडिबो, फ्रान्सिस्को ट्रिनकाओलाई हाल समा बार्साले बेचेको छ थप खेलाडीहरूलाई बार्साले बेच्ने जानकारी छ।