यही ट्रान्सफर विन्डोमा साइन गरेको दुई स्टार खेलाडीलाई बार्साले गुमाउन सक्ने 

यो ट्रान्सफर विन्डो बार्सिलोना धेरै सक्रिय रहेको छ भने बार्साले लेवान्डोस्की, राफिन्हा, फ्रान्क केसी, क्रिस्टेनसेन र जुलेस कौंडे जस्ता खेलाडी साइन गरेको थियो तर उक्त खेलाडीहरूलाई ला लिगामा दर्ता गर्न बार्सा रहेको बेला बार्साले आफ्नो दुई स्टार खेलाडी गुमाउन सक्ने जानकारी छ।

खबर अनुसार यो ट्रान्सफर विन्डोमा फ्री एजेन्टका रूपमा आएका फ्रान्क केसी र एन्ड्रियास क्रिस्टेनसेनलाई शनिवार अगाडी बार्साले दर्ता गर्न नसके उक्त दुई खेलाडीलाई बार्साले गुमाउन सक्ने छ।

बार्सिलोनाले फ्रान्क केसी र क्रिस्टेनसेन सहित आफ्नो नयाँ खेलाडीहरू नयाँ सिजनको लागि ला लिगामा दर्ता गर्न निवेदन पठाएको थियो तर उक्त निवेदन ला लिगाले अस्वीकार गरेको थियो भने बार्सिलोनाले ला लिगाको वित्तीय फेयर प्ले मापदण्ड पूरा गर्न सकेमा मात्र आफ्नो नयाँ खेलाडीहरू दर्ता गर्न सक्नेछ र सो गर्न बार्साले आफ्नो तलब खर्च घटाउन पर्ने जानकारी छ।

बार्साले फ्रान्क केसीलाई एसी मिलानबाट र एन्ड्रियास क्रिस्टेनसेनलाई चेल्सीबाट फ्री-एजेन्टमा साइन गरेको थियो भने ल लिगा पहिलो खेल अगि उक्त दुई खेलाडी दर्ता हुन नसके उक्त दुई खेलाडीलाई बार्साले गुमाउन सक्ने जानकारी छ भने फ्रान्क केसी र एन्ड्रियास क्रिस्टेनसेन अन्य क्लब सँग सम्झौता गर्न खुल्ला हुने छन्।

बार्साले यो ट्रान्सफर विन्डो लेवान्डोस्कीलाई बायर्नबाट ५० मिलियन युरोमा साइन गरेको थियो भने राफिन्हालाई €५९ मिलियन, जुलेस कौंडेलाई €६० मिलियनमा, फ्रान्क केसी र क्रिस्टेनसेनलाई भने फ्री एजेन्टको रूपमा बार्साले भित्राएको थियो तर हाल सम्म उक्त खेलाडीहरूलाई ला लिगामा दर्ता गर्न बार्सा असफल रहेको छ।