यस सिजन अहिलेसम्म अपराजित रहेको नापोलीको लिभरपुलबिरुद्ध हार

इङलिस क्लब लिभरपुलले मंगलबार राती भएको च्याम्पियन्स लिग खेलमा २-० को जित दर्ता गर्दै नेपोलीको अपराजित यात्रामा टुंगो लगाएको छ ।

च्याम्पियन्स लिगमा यसअघिका पाँच खेलमा शतप्रतिशत जित निकालेको नेपोली समूह चरणको अन्तिम खेलमा भने निराश बन्यो । नेपोलीले सिरी ए र च्याम्पियन्स लिग गरि लगातार १३ खेलमा अपराजित रहदै जित निकालेको थियो ।

यस सिजन नेपोली इटालियन सिरी ए को १२ खेलमा अपराजित रहँदै आएको छ । यस क्रममा नेपोलीले १० खेल जितेको छ भने दुई खेल बराबरीमा टुङगिएको छ ।

समूह ए मा रहेका नेपोली र लिभरपुल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका थिए । शीर्ष स्थानको नेपोली र दोस्रो स्थानको लिभरपुलको समान १५ अंक रह्यो भने तेस्रो स्थानको आयक्सको ६ अंक रह्यो । चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेन ।

८५ औं मिनेटमा सलाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । इन्जुरी समयको आठौं मिनेटमा नुनेजले लिभरपुलका लागि दोस्रो गोल गरे ।