यस सिजनका उत्कृष्ट पाँच खेलाडीहरु; मेस्सीको स्थान कहाँ ? परेनन् रोनाल्डो

चर्चित केही ठूला लिगहरुको समापन भइसकेका छन् भने २०१८/२०१९ सिजन अन्तिम अवस्थामा छ । यद्यपी च्याम्पियन्स लिगको फाइनल, कोपा डे रे र डिएफबी पोकल फाइनल अझै खेल्न बाँकी छ । समर्थकहरुले यो सिजनमा निकै कडा प्रतिस्पर्धा हेर्न पाए । इङलीस प्रिमिएर लिग अन्तिम चरणसम्म पनि रोमान्चक रह्यो ।

टोलीलाई उचाइमा पुर्याउन कोही न कोहि खेलाडीले निर्माताको भूमिका निर्वाह गरेका हुन्छन् । आज हामीले यो सिजनमा उत्कृष्ट प्रदर्श गरेका पाँच खेलाडीको चर्चा गरेका छौँ ।

५. रहिम स्ट्रलिङ

सिटीलाई उपाधि जिताउन रहिम स्ट्रलिङले महत्वपूर्ण भूमिका निर्वाह गरे । २४ वर्षी इङ्ल्याण्डका युवा स्टार रहिमलाई प्रशिक्षक पेप ग्वार्डिओलाले एक नयाँ जिवन खोजेको बताएका छन् ।

उनी उदयमान र यूरोपकै उत्कृष्ट विङ्स भएको प्रशिक्षक ग्वार्डिओलाको भनाई छ । स्ट्रलिङले सम्पूर्ण प्रतियोगितामा २५ गोल गरेका छन् ।

लिभरपुलका पूर्व विङ्गर रहिम विश्वकै उत्कृष्ट हुने क्षमतावान खेलाडी हुन् । एफए कपको फाइनलमा वार्टफोर्डविरुद्ध उनी म्यान अफ दी म्याचसमेत भएका थिए । उनलाई फुटबल पण्डितहरुले यो सिजनले उनको करिअर बनेको र क्षमता देखिएको बताएका छन् ।

४. साडियो माने

लिभरपुलका साडियो मानेका लागि यो सिज विशेष रह्यो । सेनेगलका अन्तर्राष्ट्रिय खेलाडि मानेले उत्कृष्ट प्रदर्शनसहित संयुक्त रुपमा गोल्डे बुट जित्ने खेलाडीमा आफनो नाम पनि लेखाए ।

टिम मेट मोहमद सलाह र आर्सनलका पि इमरीकसँगै मानेले गोल्डेन बुट जिते । तिनै खेलाडी २२ गोल गरेका थिए । साउथह्याम्पटनका पुर्व खेलाडी मानेले हरेक खेलमा सोचपूर्वक खेल्दै यो सिजनका विभिन्न प्रतिस्पर्धामा २६ गोल गरे । २७ वर्षीय स्टार माने २०१६ देखि लिभरपुलमा छन् । उत्कृष्ट प्रदर्शनका बाबजुद पनि लिभरपुल प्रिमियर लिगमा दोस्रो स्थानमा रह्यो ।

३. केलियन एमबाप्पे

प्रकृतिले नै उपहार दिएका फ्रान्सका युवा स्टार केलियन एमबाप्पेका लागि यो सिजन नि उत्कृष्ट रह्यो । फ्रान्सलाई विश्वकपको उपाध जिताउन नायक बनेका एमबाप्पे यो सिजनमा निरन्तर चम्कीरहे ।

पिएसजीका एमबाप्पे बाज्रिलका स्टार नेयमारको अनुपस्थितमा आफूलाई सुम्पिएको जिम्मेवारी ध्यानपूर्व निर्वाह गरे । पहिलो पटक यूरोपियन गोल्डेन बुट जितेका उनले लिग वानमा २८ खेलमा ३२ गोल गरे ।

२. भर्जिल भ्यान डाइक

लिभरपुलका एकमात्र डिफेन्डर भर्जिल भ्यान डाइकले यो सिजनको उत्कृष्टमा आफनो नाम लेखाउन सफल भए । उनले लिभरपुलका लागि यस सिजन उत्कृष्ट प्रदर्शन गरे । सेन्टर ब्याक डाइक यो सिजन अधिकांस समय लिभरपुलको रक्षापंक्ति सम्हाले ।

उत्कृष्ट डिफेन्डरमा आफनो नाम दर्ता गराएका उनले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद् उत्कृष्ट पुनरागमन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साउथह्याम्पनका पूर्व खेलाडी डाइकले एभरेजमा प्रत्येक खेलाडीमा पाँच क्लियर गरेका छन् ।

लिभरपुलले जुन १ मा च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्दा उनको प्रदर्शनबारे समर्थकमा चासो छ । २७ वर्षीय नेदरल्याण्डका खेलाडी डाइकले चार गोल गरेका छन् ।

१. लियोनल मेस्सी

यो सिजनको उत्कृष्ट खेलाडीमा बार्सिलोनाका स्टार लियोनल मेस्सी पर्न सफल भएका छन् । बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन नायक बनेका मेस्सीका लागि यो सिजन निकै उत्कृष्ट रह्यो ।

पाँच पटकको बालोन डी ओर अर्वाड विजेता मेस्सीका लागि व्यक्तिगत रुपमा निकै सफल रहेको फुटबल पण्डितहरुले विश्लेषण गरेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सी बार्सिलोनालाई पछिल्ला ११ वर्षमा आठ पटक उपाधि जिताउन सफल भएका हुन् । उनले यो सिजन ३६ गोल गरे ।

विभिन्न खाले प्रतियोगितामा उनको गोलसंख्य ५० रह्यो । चार पटकको च्याम्पियन्स लिग विजेता खेलाडी मेस्सीले युरोपतर्फ १२ गोल आफनो नाममा लेखाए । यद्यपि बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा अप्रत्यासित रुपमा लिभरपुलसँग पराजित भयो । समग्रमा मेस्सीका लागि यो सिजन निकै उत्कृष्ट रह्यो ।