“यस वर्षको बलोन डी’ओर करीम बेन्जेमाले जित्नु पर्छ”

रियाल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले करीम बेन्जेमाको यस वर्षको उल्लेखनीय अभियानको कारण उनि बलोन डि’ओर जित्न योग्य रहेको भनेर भनेका छन्।

बेन्जेमाले भिलारियलबिरुद्ध सिजनमा आफ्नो २० औं र २१ औं गोल बनाए।

ह्याजार्डको चोटपटक र बेल बेञ्चमा रहंदा बेन्जेमा यस सिजन जिदानको आक्रमणको केन्द्रबिन्दु बनेका छन्।

लिग उपाधि जीत पछि, पेरेजले स्पेनी मिडियासँग कुरा गर्दै ३२ बर्सका स्टारको प्रशंसा गरे।

“बेन्जेमाले बलोन डि’ओर जित्नु पर्छ,” उनले डेलीमेलमा स्पष्ट रूपमा भने।

“मैले कुनै पनि खेलाडीसँग उनको जस्तो राम्रो यो बर्ष देखेको छैन।”

बेन्जेमा गोल्डन बुट दौडमा लिओनेल मेस्सीको संग दुई गोलले मात्र पछि छन।