यस कारण ग्रीजम्यानले कौटिन्होको ७ नम्बर जर्सी लिन पाउने छैन

शुक्रबार राति भएको खेलमा एन्टोन ग्रीजम्यानले बार्सिलोनाका लागि १७ नम्बर जर्सी लगाएर खेलेका थिए, र उनले यस सिजन भरि १७ नम्बर जर्सी नै लगाउनु पर्ने हुन्छ ।

ग्रीजम्यानले रुचाइएको नम्बर ७ हो, र बार्सिलोनाको ७ नम्बर जर्सी लगाउने खेलाडी कौटिन्हो लोनमा बायर्न गए तापनि ग्रीजम्यानले ७ नम्बरको जर्सी लगाउन पाउने छैन ।

ला लिगाको रुल अनुसार, कुनै खेलाडीले एकै सिजनमा दुई भिन्नै नम्बर भएको जर्सी लगाउन पाउने छैन ।

ग्रीजम्यानले पहिलो खेलमा १७ नम्बरको जर्सी लगाइ सकेको हुनाले उनले अब नयाँ जर्सी नम्बर लिन पाउने छैन ।