यस्तो कडा डिफेन्स फोर्मेशन बाबजुद एटलेटिको म्याड्रिडको हार

एटलेटिको म्याड्रिड र चेल्सी बिच च्याम्पियन्स लिग अन्तिम १६को पहिलो लेगको खेलको क्रममा एटलेटिकोले निकै अनौठो फोर्मेशन प्रयोग गरे।

चेल्सी विरुद्ध एटलेटिकोले डिफेन्सिभ खेल खेले भने एटलेटिकोको फोर्मेशन ६-३-१ हुन पुगेको थियो जसको मतलब चेल्सीलाई रोक्न एटलेटिकोले डिफेन्स लाइनमा ६ खेलाडी राखे।

उक्त अनौठो डिफेन्स फोर्मेशन बाबजुद एटलेटिको म्याड्रिडले उक्त खेल १-०ले हारेको थियो। उक्त खेलमा ओलिभर जिरुडले निकै उत्कृष्ट गोल गरेका थिए भने सो खेलमा उक्त गोलको साथ एटलेटिको म्याड्रिडको अनौठो फोर्मेशनको पनि धेरै चर्चा हुँदै गरेको छ।

एटलेटिको म्याड्रिडको उक्त अनौठो डिफेन्स फोर्मेशन बाबजुद खेल हारेको भनेर हाल एटलेटिको ट्रोल हुँदै गरेको छ।