यस्तो उत्कृष्ट थिए यी फुटबलको बिर्सिएका स्टार वेस्ले स्नाइडर

डच फुटबल स्टार वेस्ले स्नाइडरको प्रदर्शन २००९/१०को सिजनमा निकै उत्कृष्ट रहेको थियो। इन्टरमा जोसे मोरिन्होले ट्रेबल जित्दा उनी एक महत्त्वपूर्ण खेलाडी थिए।

वेस्ले स्नाइडर फुटबल स्टारहरूमा एक ‘अन्दर रेटेड’ स्टार रहेको धेरै को विश्वास छ। हाल ३६ वर्ष पुगेका पूर्व मिडफिल्डले २०१९मा फुटबलबाट संन्यास लिएका थिए हाल उनको उत्कृष्ट प्रदर्शनको एक भिडियो भाइरल हुँदै गएको छ।

२०१०मा नेदरल्याण्डलाई विश्वकप फाइनलमा पुग्न उनले धेरै मद्दत गरेका थिए भने तर उनी उत्कृष्ट खेलाडी मध्ये एक भए पनि बलोन डि’ओर जित्न असफल भएका थिए।

स्नाइडरले आफ्नो बारे बोलेको एक कुरा अझै पनि धेरै प्रसिद्ध रहेको छ। उनको दाबी गरेका थिए कि उनले पनि प्रयास गरेको भए उनी मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्थे।

पक्कै पनि उनी एक उत्कृष्ट खेलाडी थिए जो हाल बिर्सिएका छन् उनको २००९/१०को फम अझै पनि उत्कृष्ट व्यक्तिगत प्रदर्शन मध्ये एक रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ