यस्तो अनौठो कुराको लागि बायर्न म्युनिखले लगायो आफ्नो स्टार माथि €५०,०००को जरिमाना

जर्मन क्लब बायर्न म्युनिखले आफ्नो स्टार विंगर किंग्सले कोमान माथि €५०,०००को जरिमाना लगाएको छ र बायर्नको सो निर्णय पछाडिको कारण निकै अनौठो रहेको छ।

खबर अनुसार कोमान अर्कै कम्पनीको गाडीमा प्रशिक्षणमा आएको कारण जरिमानाको सामना गर्दै छन् ।

ऑडीको सट्टा उनी मर्सिडीजको गाडीमा आएको कारण बायर्नले उनी माथि जरिमाना लगाएको हो। ऑडी बायर्न म्युनिखको मुख्य प्रायोजक मध्ये एक हो र ऑडीले म्युनिखका खेलाडीहरूलाई प्रशिक्षणमा जान गाडी पनि दिएको छ।

खबर अनुसार किंग्सले कोमान प्रशिक्षणमा आफ्नो मर्सिडीजमा आएका थिए जुन अटोमोबाईल उद्योगमा ऑडीको मुख्य प्रतिस्पर्धी पनि हो।

सो कारण बायर्न म्युनिखले लगायो आफ्नो स्टार माथि €५०,०००को जरिमाना लगाएको छ। ऑडीले प्रत्येक वर्ष बायर्नमा £४२.८ मिलियनको लगानी गर्ने गरेको छ भने क्लबको ८.३३ प्रतिशत सेयर ऑडीको नाम छ।