यसै सिजन बार्सिलोनाले लोगो परिवर्तन गर्दै, यस्तो बन्ने छ नयाँ लोगो

बार्सिलोनाले आफ्नो लोगो परिवर्तन गर्ने भएको छ । यसै सिजनको अन्त्यसँगै उसले नयाँ लोगो प्रयोगमा ल्याउने तयारी गरेको छ । स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले नयाँ लागोसमेत टुंगो लगाइसकेको छ ।

बार्सिलोनाले हाल भइरहेको लोगोमा केही परिवर्तन गरेर नयाँ लोगो तयार पारेको छ, जुन अर्को सिजन सुरु हुनुअगावै प्रयोगमा आइसक्ने छ । खबरअनुसार सन् १९१० को दशकदेखि क्लबको लोगोमा रहँदै आएको एफसी बार्सिलोनाको छोटो लेखनलाई क्लबले हटाउने तयारी गरेको छ ।

त्यसैगरी, पुरानो लोगोभित्र रहेको कालो धर्सा पनि नयाँ लोगोमा हुनेछैन । हालको लोगोमा ७ स्ट्राइप रहेकोमा त्यसलाई पनि घटाएर ५ स्ट्राइप मात्रै राखिने छ ।

क्लब स्थापनादेखि हालसम्म बार्सिलोनाले कूल ९ पटक लोगो परिवर्तन गरिसकेको छ । अन्तिमपटक सन् २००२ मा लागो परिवर्तन गरेको थियो । यसपटक लोगो परिवर्तन गर्दा लोगोमा १०औं परिवर्चन हुनेछ ।

क्लबले नयाँ लोगोमा बार्सिलोना क्लबको नामको सर्टकट एफसी हटाउने भएको हो । क्लबको बोर्डमा पनि अहिले लोगो परिवर्तन गर्ने विषयमा सकारात्मक छलफल सुरु भइसकेको छ ।

क्लबले लोगो परिवर्तन गर्ने निर्णय अक्टोबर २० मा हुने बोर्ड बैठकबाट औपचारिक रूपा गर्नेछ ।