यसरी बन्दैछ मुग्लिन –नारायणगढ सडक(भिडियो)

 

काठमाडौं जोड्ने मूख्य सडक नारायणगढ – मुग्लिन सडकखण्ड निर्माणको काम जेठ १५ सम्म सक्नुपर्ने छ ।
अहिलेसम्म ८७ प्रतिशत काम सकिएको छ  । २८ किलोमिटर मात्र कालोपत्रे गरिएको छ । तीनपटक समय थपिँदा समेत काम नसकिएपछि पछिल्लो पटक निर्माणको लागि तीन महिनाको समय अवधि  थपिएको थियो।
थप भएको समय अनुसार पहिलो खण्डलाई पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो ।

२०७५ जेठ १५ गतेसम्म निर्माणको काम सम्पन्न हुनुपर्ने छ । जेठ १५ सम्म सक्ने गरी काम कसरी भैरहेको छ त ?