यसरी छनोट हुन सक्छ नेपाल टि-२० विश्वकपमा

नेपाली क्रीकेट टोलीले पहिला एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगिता खेल्नेछ। मलेसियामा अक्टोबर ३ देखि सुरु हुने प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, सिंगापुर,भुटान, थाईल्याण्ड, म्यानमार रहेका छन्। नेपाललाई यो समुह पार गर्न त्यती मुस्किल पर्ने छैन। यस समुहबाट उत्कृष्ट ३ टोली अर्को चरण प्रबेश गर्नेछ। नेपाललाई त्यो टप ३ मा पर्न त्यती मुस्किल नहोला ।

प्रतियोगिताबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अर्को तीन राष्ट्र एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगिता सकेलगतै पाउनेछ।

एसियाली क्षेत्रिय छनौट प्रतियोगितामा नेपालको टाउको दुखाइ भने युएइ हुनेछ। यधपी यस चरणबाट पनि उत्कृष्ट दुईले अर्को चरण प्रबेश गर्नेछ।

पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृस्ट २ टिमले टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन्।

ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्।

नेपाललाई सबैभन्दा चुनौती भनेको ग्लोबल छनौटमा हुनेछ जहाँ एक सय एक टिम हुनेछ। नेपाली टोलीले आफ्नो सक्दो दिएर खेले नेपालले यो खुड्किलो पनि पार गर्न सक्छ र अर्को बर्ष हुने विश्वकप खेल्न सक्छ।