“यदि हामीले लिभरपूललाई हराएको भए, कोपा डेल रे फाइनलमा पनि हामीले जित्ने थियौं”

बार्सिलोना गत सत्रको च्याम्पियन्स लिग फाइनलमा पुग्न सकेन कारण बन्यो लिभरपुल, तर अर्नेस्टो भाल्भर्डे विश्वास गर्छन् कि यदि बार्सिलोनाले सेमी फाइनलबाट प्रगति गरेको भए कोपा डेल रे पनि बार्सिलोनाले जित्ने थियो ।

५५ बर्षेका रणनीतिज्ञले स्वीकार गरे कि त्यो खेलको एक वर्ष अघि रोमाको हातबाट एलिमिनेसन भए पछि एनफिल्डमा उनका खेलाडीहरूलाई मनोवैज्ञानिक रूपले असर गरेको थियो।

“लिभरपूल संगको खेल अघि हाम्रो खेल च्याम्पियन्स लिगमा अतुलनीय भइरहेको थियो,” भल्भर्डेले बार्सिलोनाको आधिकारिक वेबसाइटको लागि अन्तर्वार्तामा भने।

“एनफिल्डमा हामीसँग अवसरहरू थियो तर उनीहरूले छिटो गोल गरे र मनोवैज्ञानिक रूपमा हामीले चिन्ता गर्न थाल्यौं कि रोममा जे भयो त्यो फेरि हुन सक्छ।

“त्यहाँ कमजोरीको एक क्षण थियो र हामीले यसको असर देख्यौं। यो बर्षकै गाह्रो क्षणहरू मध्ये एक थियो।

“हामीले स्वीकार्नुपर्दछ कि हामीले लिभरपूलमा लिएको प्रहारले हाम्रो मनोबल कोपा [डेल रे] फाइनल [भ्यालेन्सियाको बिरुद्ध] सम्म बाकी रह्यो।

“यदि हामीले लिभरपूललाई हराएको भए कोपा डेल रे फाइनल पनि हामीले जित्ने थियौं”