“यदि म जावी भएको भए, म बार्सिलोनामा आउँदिन थिए”

बार्सिलोनाका पूर्व अध्यक्ष जोआन लापर्टाले जावीलाई बार्सा नफर्किए राम्रो हुने भनेर चेतावनी दिएका छन् ।

अल सादका कोचले आफुले अर्नेस्टो भाल्भर्डेलाई जनवरीमा बार्सिलोना कोचको रूपमा प्रतिस्थापन अवसरलाई अस्वीकार गरेको खुलाएका थिए।

क्याम्प नाउमा हुने आगामी अध्यक्ष पदको चुनावमा भाग लिन चासो राख्ने लापोर्टाले वर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेउको बिरूद्ध बोल्दै आएका छन् ।

“यदि म जावी भएको भए, म यो बोर्डको साथ कहिले पनि काम गर्न आउँदिन थिए ,” लापर्टाले भने।

उनले लिओनेल मेस्सीको भविष्यको बारे पनि बोले, मेस्सीको बार्सिलोना सम्झौता २०२१ मा समाप्त हुने छ।

“मलाई आशा छ कि उनि २०२१ मा बार्सामै हुने छन् , तर मलाई डर छ कि बोर्डको खराब निर्णयले अपत्यारणीय निर्णय लिन सक्छ,” उनले भने।