‘यदि मेस्सीले बार्सिलोना छोड्ने हो भने उनको अर्को गन्तव्य लिभरपूल मात्र हुन सक्छ’

प्रीमियर लीग क्लब लिभरपूललाई ‘एक मात्र प्रकारको’ यूरोपेली टिम भनेर वर्णन गरिएको छ जसले लिओनेल मेस्सीलाई बार्सिलोनाबाट टाढा लैजान सक्छ।

लिभरपूलले बार्सिलोनाका स्टार लियोनेल मेस्सीलाई प्रिमियर लिगमा प्रलोभनमा पार्न सक्छन यदि उनि ‘थप चुनौती’ चाहान्छन भनेर भनिएको छ ।

मेस्सीलाई व्यापक रूपमा विश्वको सर्वश्रेष्ठ फुटबलर मानिन्छ र उनले नाउ क्याम्पमा आफ्नो १६ बर्ष बिताएका छन् र उनले छोड्न चाहेको कुनै संकेत दिएका छैनन्।

हाल खबर अनुसार लिभरपूललाई अर्जेन्टिनाका सुपरस्टारका लागि सम्भावित गन्तव्यको रूपमा हेरिएको छ, फ्रान्सिस नेक्वाइन, एक फुटबल सल्लाहकार र एजेन्ट, दावी गर्छन् लिभरपूल एक मात्र क्लबहो जस्ले मेस्सीकोलागि “एक अन्तिम चुनौती” प्रदान गर्न सक्ने छ।

“[लिभरपूल] एक मात्र राम्रो ठाउँ हो जुनमा मेस्सी जान सक्छन ,” उनले ‘ओन द व्हिसल’ पोडकास्टमा भने।

“यो त्यस्ता टोली हो जहाँ मेस्सीले लिगमा प्रतिस्पर्धी पाउन सक्छ, उनले अन्तिम चुनौतीका लागि कदम चाल्ने हो भने लिभरपूल त्यो क्लब हो।”